मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार ०६:०४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुजुकी डिजायरको नयाँ प्रिमियम मोडेल सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार ०६:०४:००

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ । कम्पनीले भिएक्सआई र जेडएक्सआई दुई भेरियन्टको सेडान कार बजारमा ल्याएको हो  । 

सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले २०२१ डिजायरमा सेग्मेन्टमै पहिलोपटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आइएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फिचर राखिएको बताए । उनले भने, ‘स्टार्ट–स्टप फंक्सनसहितको के सिरिज डुअल जे, डुअल भिभिटी बिएस ६ पेट्रोल इन्जिनले नयाँ डिजायरलाई कम उत्सर्जन र उच्च माइलेजसहितको डिजायरेबल कार बनाएको छ ।’

यो गाडीमा आइएसएस फंक्सनसहितको नेक्स्ट जेन के सिरिज डुअल जेट, डुअल भिभिटी बिएस ६ इन्जिन राखिएको जनाइएको छ । यसले कम्प्रेसन रेसियो, कुल्ड इजिआर सिस्टम र पिस्टन कुलिङ जेट भएको नयाँ इन्जिन पहिलेको भन्दा परिष्कृत छ, जसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै घर्षणलाई कम गर्ने हुनाले म्यानुअल ट्रान्समिसनमा यसको माइलेज २३.२६ किलोमिटर प्रतिलिटर रहेको कम्पनीको दाबी छ । यो इन्जिनले ६ हजार आरपिएममा अधिकतम ६६ किलोवाट पावर उत्पन्न गर्ने कम्पनीले जनाएको छ । 

२०२१ डिजायरको फ्रन्ट फेसियालाई परिष्कृत गरी बोल्ड र स्टाइलिस बनाइएको कम्पनीले जनाएको छ । तल्लो बम्परमा प्रयोग भएको प्रिमियम सिंगल एपेर्चल फ्रन्ट ग्रिल र बोल्ड क्रोम एक्सेन्टले यो आकर्षक देखिने कम्पनीको दाबी छ । यसमा ट्विन पड मिटर क्लस्टर र नयाँ १०.६७ सेन्टिमिटरको मल्टी इन्फर्मेसन टिएफटी डिस्प्ले प्रयोग गरिएको जनाइएको छ । यसमा प्रयोग भएको मोर्डन वुडन फिनिसले कारको डोर र इन्स्ट्रुमेन्ट प्यानललाई नेचुरल ग्लस फिनिस दिएको जनाइएको छ । 

यो गाडीमा पर्याप्त स्पेस र उत्कृष्ट सुरक्षा व्यवस्था रहेको कम्पनीको दाबी छ । एजिएस भेरियन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिल होल्ड फंक्सन रहेकाले गाडी चिप्लनबाट बचाउनुका साथै उकालोमा रोकिनुपरेको अवस्थामा सहज रूपमा गाडीलाई पिक लिन मद्दत गर्ने जनाइएको छ ।