मल्टिमिडिया
भैंसीपाटीको यती कार्पेट डिलरमा आगलागी (भिडियाेसहित)
Read Time : < 1 मिनेट
२०७५ माघ २८ सोमबार १३:४४:००
यती कार्पेटको डिलरमा आगलागी हुँदा चार करोड भन्दा बढीको क्षति भएको छ । सोमबार दिउँसो १ बजेर १० मिनेटमा सुरु भएको आगलागी नियन्त्रणमा आएको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी अपिलराज बोहोराले जनाए अनुसार कुनै पनि मानवीय क्षति भएको छैन । बोहोराका अनुसार नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो ।