मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ६ मंगलबार २०:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल भर्चुअल कलेज फेयर हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ६ मंगलबार २०:२०:००

 नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीका लागि लक्षित भर्चुअल कलेज फेयर सञ्चालन हुने भएको छ । ‘स्वदेशमै शिक्षा, सबैको इच्छा भन्ने नाराका साथ आगामी ८ देखि १२ माघसम्म नेपाल भर्चुअल कलेज फेयर आयोजना हुन लागेको हो । 

भिजन मिडिया इन्कर्पोरेसन र एजुकेसन डटकमको मुख्य आयोजनामा फेयर हुन लागको हो । नेपाल कलेज डटकममार्फत विद्यार्थीले ३० भन्दा बढी कलेजको निःशुल्क परामर्श लिन सक्ने प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोलेले बताए । फेयरको टाइटल स्पोन्सर आइआइएमएस कलेज रहेको छ । फेयरमा देशका चर्चित र सफल व्यक्तिहरूको सहभागिता हुनेछ । 

फेयरमा त्रिभुवन, काठमाडौं, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट सम्बन्धन पाएका कलेजहरूबाट समेत निःशुल्क परामर्श पाइने आयोजकको भनाइ छ । बिबिए, एमबिए, बिआइटी, बिएचएम, बिबिएस, बिएचटिएम, बिएसडब्ल्यु, बिबिएस, बिएस्सी सिएसआइटी, बिडेभ्सलगायतका कोर्स पढ्न चाहले विद्यार्थीले यो फेयरबाट प्रत्यक्ष फाइदा लिन सक्नेछन् ।