मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएफपी ब्युनस आयर्स
२०७७ माघ ६ मंगलबार १३:५७:००
Read Time : < 1 मिनेट
विश्व

अर्जेन्टिनामा ६.४ म्याग्निच्युडको भूकम्प

Read Time : < 1 मिनेट
रासस/एएफपी ब्युनस आयर्स
२०७७ माघ ६ मंगलबार १३:५७:००

दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा निकै ठूलो हलचल उत्पन्न भएको थियो । उक्त क्षेत्रमा भएको क्षतिबारेमा जानकारी आइनसकेको प्रहरीले जनाएको छ । 

भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर ४५ मिनेटमा गएको थियो । यो भूकम्प जमिनको सतहबाट करिब २० किलोमिटर गहिराइमा गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।  भूकम्पको केन्द्र सान जुआन प्रान्तको पोसिटी नगर क्षेत्र नजिक रहेको थियो । यो ठाउँ अर्जेन्टिनाको राजधानी ब्युनसआयर्सबाट करिब एक हजार किलोमिटर टाढा छ । 

भूकम्पका कारण सान जुआन प्रान्तका कतिपय सहर बजारमा केहीबेर विद्युत् आपूर्ति बन्द भएको थियो । भूकम्पको धक्का मेन्डोजा, कोर्डोबा, सान्ता फे, ला रियोजो र ब्युनसआयर्स प्रान्तमा पनि महसुस गरिएको थियो ।