मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ५ सोमबार ०६:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फोरजीमा एनसेलको हिस्सा ६५ प्रतिशत रहेको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ५ सोमबार ०६:१८:००

नेपालमा फोरजी मोबाइल ब्रोडब्यान्ड सेवा प्रयोग गर्ने उपभोक्ताको संख्या ६३ लाख पुगेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लोपटक सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआइएस) रिपोर्टका अनुसार फोरजीमा ग्राहकको संख्या ६३ लाख पुगेको जनाइएको हो । यसमा एनसेलको बजार हिस्सा सबैभन्दा बढी रहेको एनसेलले जनाएको छ । कात्तिक महिनासम्ममा फोरजीको कुल ग्राहक संख्या ६३ लाख ३२ हजार १ सय ९४ रहेको कम्पनीले जनाएको छ ।

हाल नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले यो सेवा दिँदै आएका छन् । यो सेवा २१.१९ प्रतिशत नेपालीले प्रयोग गर्ने गरेको एनसेलले जनाएको छ । चार वर्षअगाडि यो सेवा पहिलोपटक नेपाल टेलिकमले सञ्चालनमा ल्याएको थियो । एनसेलले टेलिकमभन्दा पाँच महिनापछि यो सेवा सञ्चालनमा ल्याएको थियो । प्राधिकरणका अनुसार एनसेलका ४० लाख ८२ हजार ५ सय १७ र नेपाल टेलिकमका २० लाख ४९ हजार ९ सय १६ ग्राहक रहेका छन् । 

त्यस्तै, स्मार्ट टेलिकमका १ लाख ९९ हजार ७ सय ६१ ग्राहक रहेको एनसेलले जनाएको छ । फोरजी सेवा बजारमा एनसेलको ६५ प्रतिशत, टेलिकमको ३२ र स्मार्ट टेलिकमको ३ प्रतिशत बजार हिस्सा रहेको जनाइएको छ । फोरजी सेवा सञ्चालनमा आएपछि मोबाइल डेटाको खपत बढिरहेको, शुल्क घटिरहेको एनसेलले जनाएको छ ।