मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ ५ सोमबार ०७:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

संघाईको नेतृत्वमा रोजगारदाता परिषद् गठन

Read Time : < 1 मिनेट
२०७७ माघ ५ सोमबार ०७:४०:००

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद् गठन भएको छ । परिषद्को उपसभापतिमा महासंघका कार्यकारिणी समितिका सदस्य प्रबलजंग पाण्डे चुनिएका छन् ।

महासंघको विधानअनुसार एसोसिएट उपाध्यक्षले रोजगारदाता परिषद्को नेतृत्व सम्हाल्ने व्यवस्था छ । परिषद्का सदस्यहरूमा एसोसिएट समूहबाट महासंघका कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासंघका पूर्वकार्यकारिणी समिति सदस्यहरू ई. विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डाबर नेपाल चुनिएको महासंघले जनाएको छ । 

वस्तुगत संघ समूहबाट परिषद्का सदस्यहरूमा कार्यकारिणी समिति सदस्य अरनिको राजभण्डारी र नेपाल तयारी पोसाक संघका इमानसिंह लामा चुनिएका छन् । यस्तै, जिल्ला–नगर समूहबाट सदस्यहरूमा परिषद्को सदस्यमा उद्योग संगठन मोरङका राकेश सुराना, प्रतिनिधि वीरगन्ज उवासंघ र प्रतिनिधि सिद्धार्थ नगर उवासंघ रहेका छन् ।

प्रदेश समूहबाट प्रदेश–१ का कार्यकारिणी सदस्य राजेन्द्र राउत, बागमती प्रदेशका कार्यकारिणी सदस्य दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशका लक्ष्मीप्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशका दीपक पौडेल चुनिएका छन् । अन्य क्षेत्र र वर्गमध्येबाट परिषद्का सदस्यहरूमा विनय उपाध्याय, साजन शाक्य, शोभा ज्ञवाली, बाबुुकाजी कार्की चुनिएका छन् ।