मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ ५ सोमबार ०७:२५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा आर्मीको वर्चस्व 

Read Time : < 1 मिनेट
२०७७ माघ ५ सोमबार ०७:२५:००

सिराहाको गोलबजारमा आयोजित योनेक्स सनराइज १०औँ पुष्पलाल राष्ट्रिय  र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको आठ इभेन्ट्समा त्रिभुवन आर्मी क्लबले वर्चस्व कायम गरेको छ । प्रतियोगिताको आयोजना राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिकाको आर्थिक सहयोगमा गत २९ पुसदेखि ४ माघसम्म सञ्चालन भएको थियो ।

आइतबार सम्पन्न प्रतियोगितामा गल्र्स सिंगल अन्डर १७ मा आर्मीकी रसिला महर्जन प्रथम भएकी छिन् । ब्वाइज सिंगल अन्डर १७ मा आर्मीका भोजबहादुर गुरुङ प्रथम, आर्मीकै आयुष्मान नगरी दोस्रो र सन्तोष पनेरु तेस्रो बनेका छन् । महिला डबल्सतर्फ आर्मीकी अमिता गिरी तथा रसिला महर्जन प्रथम भए ।

पुरुष डबल्सतर्फ आर्मीकै नवीन श्रेष्ठ तथा रत्नजित तामाङ प्रथम, पविन लिन्थेप र सरोज महर्जन दोस्रो तथा तेस्रो पनि आर्मीकै प्रफुल्ल महर्जन र रुकेश महर्जन भए । महिला सिंगल टप १२ लिगमा आर्मीका रसिला महर्जन दोस्रो र तेस्रो अमित गिरी भए । पुरुष सिंगलतर्फ आर्मीका दिवश शंकर दोस्रो तथा तेस्रो डेबिड थापामगर भएका छन् ।

प्रतियोगितामा महिला डबल्सतर्फ दोस्रो स्थान एपिएफका जसिका गुरुङ र सुनैना मुखियाले सुरक्षित गरेका छन् । महिला सिंगलतर्फ एपिएफकै प्रेक्षा राई तेस्रो भइन् । महिला सिंगल टप १२ लिगमा एपिएफकी जसिका गुरुङ प्रथम, पुरुष सिंगलतर्फ एपिएफकै इन्द्रबहादुर महत तेस्रो भए । पुरुष सिंगल टप १६ लिगतर्फ सिल्क ग्रुपका प्रिन्स दाहाल प्रथम र एपिएफका दीपेश धामी दोस्रो भए ।