१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ माघ ५ सोमबार ०६:५७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रसुवा भन्सारमा लक्ष्यको २० प्रतिशत मात्र राजस्व

Read Time : < 1 मिनेट
२०७७ माघ ५ सोमबार ०६:५७:००

रसुवा भन्सार कार्यालय टिमुरेले पुसमा लक्ष्यको २० प्रतिशत मात्र राजस्व उठाएको छ । कार्यालयले चालू आर्थिक वर्ष ०७७/७८ को पुसमा १ अर्ब ५१ करोड ८८ लाख ४५ हजार राजस्व उठाउने लक्ष्य राखेकोमा ३० करोड ७६ लाख १६ हजार मात्र संकलन गरेको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । कोरोनाका कारण चीनले एकतर्फी नाका खोल्नु, सामग्रीको आयात कम हुनु र नाकामा आयात–निर्यात सहज नहुनुलगायतका कारण राजस्व संकलनमा कमी आएको उनको भनाइ छ ।

पछिल्लो ८ महिनायता कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित बनेको छ । चीनले अहिले दैनिक आफ्ना ५ वटा गाडीमा नेपाली भूभागमा सामान झारिदिने गरेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । सामग्री लोड–अनलोड गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट लगाएका नेपाली कामदार नाकामा खटिएका छन् । 

रसुवा कार्यालयले निकासी, पैठारी, महसुल, सेवाशुल्क, कृषि सुधार, अन्तःशुल्क, भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामग्रीहरू भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्रीहरू जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ । २०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएका थिए, तर रसुवागढी नाका ०७२ मंसिरदेखि पुनः सञ्चालनमा आयो ।