मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ५ सोमबार ०६:५४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

६ नेपालीले गरे धम्पुस पिक आरोहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ५ सोमबार ०६:५४:००

आन्तरिक पर्यटन पर्वद्धनमा साथ दिँदै ६ जना नेपालीले मुस्ताङमा रहेको ६ हजार १२ मिटर अग्लो धम्पुस पिकको सफल आरोहण गरेका छन् । विश्वव्यापी कोभिड–१९ बाट सुस्ताएको नेपालको पर्यटनलाई आन्तरिक पर्यटन पर्वद्धनमार्फत पुनरुत्थान गर्न नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण संघ (गण्डकी प्रदेश) को संयुक्त पहलमा २ जना महिलासहित ६ जना नेपालीको टोलीले धम्पुस पिकको सफल आरोहण गरेका हुन् । 

पर्यटन विभागबाट अनुमति लिएर नेपाल पर्वतारोहण संघको प्राविधिक सहयोगमा उनीहरूले उक्त पिक आरोहण गरेका हुन् । आरोहण दलका संयोजक जीवनराज सापकोटाका अनुसार माघ ३ गते बिहान ११.४८ बजे ६ जनाको टोली शिखरमा पुगेर नेपालको झन्डा फहराएका थिए ।

पुस २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आरोहीहरूलाई नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको झन्डा हस्तान्तरण गरेका थिए । आरोहण दलमा टासी पासाङ गुरुङ (मुस्ताङ), मनु गुरुङ (मनाङ), दीपेशबाबु सुवेदी (कास्की), सनकुमार जुग्जाली (म्याग्दी), सुदीप गौतम (कास्की), हीराकुमारी मल्ल (स्याङ्जा) रहेका थिए ।