मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रवण थापा सर्लाही
२०७७ माघ ४ आइतबार १९:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीले देशलाई भड्खालोमा जाक्न खोजे : नेता पोखरेल

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ माघ ४ आइतबार १९:०३:००

नेकपा नेता एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी ओलीले हुँदै नभएको धारा टेकेर प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । सर्लाहीको चक्रघट्टमा नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

नेपाली जनताले नेकपालाई पाँच वर्षका लागि मत दिए पनि ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई भड्खालोमा जाक्न खोजेको आरोप लगाए । उनले जनताले गरेको बलिदानीको समेत ख्याल नगर्ने नेता जनताको नेता बन्नै नसक्ने जिकिर गरे । 

पोखरेलले ओलीको पछिल्लो कार्यशैली गलत कार्य गरेर अत्तालिएको एक पात्रको जस्तै बनेको बताए । जनताको बलमा प्राप्त उपलब्धि ओलीको घमण्डले खेर नजाने उनको भनाइ छ । 

न्यायपालिका अझै पनि जनमतको पक्षमा रहेकोले प्रतिनिधिसभा पुनस्र्थापना हुनेमा आफू ढुक्क रहेको उनले बताए । ‘तपाईं–हामीले सामान्य दुःखले ल्याएको व्यवस्था होइन यो,’ उनले भने, ‘यो कोही एक व्यक्तिले चाहँदैमा खेर पनि जाँदैन, हामीलाई पूर्ण विश्वास छ, प्रतिनिधिसभा पुनर्स्थापना हुनेछ ।’