मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ४ आइतबार ०६:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टाटाको कम्प्याक्ट ट्रक  ‘इन्ट्रा भी२०’ नेपालमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ४ आइतबार ०६:३३:००

अटोमोटिभ निर्माता कम्पनी टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले स्मार्ट कम्प्याक्ट ट्रक टाटा इन्ट्रा भी२० को नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले टाटा मोटर्सको प्रिमियम टफ डिजाइन सिद्धान्तमा बनेको सुरक्षित र आरामदायी ट्रक बजारमा ल्याएको हो । 

शक्तिशाली कार्यक्षमता र उत्पादकत्व वृद्धि गर्ने गरी ल्याएको टाटा इन्ट्राको सुरु मूल्य १९ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यसको आधुनिक डिजाइनका साथ बनेको क्याबिनभित्र ओहोरदोहोर गर्न सजिलो हुने थप ठाउँ रहेको जनाइएको छ ।

सुविधासम्पन्न आरामदायी सिट र आधुनिक डिजिटल क्लस्टर पनि रहेको कम्पनीको दाबी छ । यसका साथै ड्यास बोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो तथा थकानमुक्त महसुस गराउने कम्पनीले जनाएको छ । यसको भरपर्दाे र विश्वसनीय इन्जिन, गियर बक्स, क्राउन र च्यासिसको संयोजनले समग्रमा न्यून मर्मत खर्च गराउँछ र यो जस्तै गाडीहरूको श्रेणीमा यसलाई उत्कृष्ट रोजाइको गाडी बनाउने कम्पनीको दाबी छ ।  

ठूलो लोड बडीका साथै १ हजार १ सय केजीको अधिकतम भार वहन क्षमता, सर्वोत्कृष्ट माइलेज र मजबुत इन्जिन, गियर बक्स, क्राउन र च्यासिस भएको यो कम्प्याक्ट ट्रक, न्यून सञ्चालन खर्चमा सवारीधनीलाई अधिकतम मुनाफा हुने गरी निर्माण गरिएको कम्पनीले जनाएको छ । यसमा साँघुरो गल्लीमा पनि सजिलै मोड्न मिल्ने ४ दशमलव ७५ मिटरको टर्निङ सर्कल रेडियस रहेको जनाइएको छ ।