Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ माघ ३ शनिबार १३:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्ता स्वार्थ पूरा गर्न बादल ओलीतिर गएका हुन् : मोहन वैद्य

Read Time : < 1 मिनेट
२०७७ माघ ३ शनिबार १३:००:००

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले गृहमन्त्री रामबहादुर थापा बादल स्वार्थ पूरा गर्नका लागि ओली समूहमा गएको आरोप लगाएका छन् । 

शुक्रबार मोरङको बेलबारीमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले गरेको पत्रकार सम्मेलनमा वैद्यले नेता थापालाई वैचारिक राजनीतिभन्दा सत्ताको स्वार्थ पूरा गर्न ओली समूहमा गएको बताएका हुन् । 

उनले प्रचण्ड–माधवभन्दा पनि अहिलेको अवस्थामा ओलीको प्रवृत्ति खराब देखिएको बताए । 

देश पुरानै अवस्थामा फर्कने खतरा रहेको उनको धारणा छ । 

वैद्यले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले राजतन्त्रलाई सहयोग पुग्ने गतिविधि बढाउने खालको रहेको पनि आरोप लगाए । 

उनले अहिलेकै अवस्थामा भने प्रचण्ड–नेपालसँग मिलेर आन्दोलन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारे । 
विप्लव समूहसँग पार्टीक एकीकरणका विषयमा छलफल भइरहेको उनले बताए ।