मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ ३ शनिबार ०९:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चेपाङ बस्तीका बालबालिकालाई न्यानो कपडा 

Read Time : < 1 मिनेट
२०७७ माघ ३ शनिबार ०९:१९:००

बेँसीसहर नगरपालिका ११ चिती बरबोटमा रहेका चेपाङ बालबालिकालाई  न्यानो कपडा प्रदान गरिएको छ । बरबोटको चेपाङवस्तीमा रहेका २२ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो । चितवनमा रहेको दुःखको साथी संस्था र सामाजिक अभियन्ता अन्सुल लोहनीको समन्वयमा  बालबालिकालाई न्यानो कपडा प्रदान गरेको सामाजिक अभियन्ता अन्सुल लोहनीले बताए । 

उनले भने ‘चितवनमा रहेको दुःखको साथी संस्थाको सहयोगमा बरबाेटको चेपाङ बस्तीमा रहेका विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो । न्यानो कपडा पाएसँगै चेपाङ बालबालिका खुसी भएका छन् । साँझ–बिहान हातमुख जोर्न धौधौ पर्ने यी परिवार कहीँ कतैबाट राहत आएमा मात्रै खुसीको सास फेर्छन् । चेपाङ समुदायकी अगुवा अमृता चेपाङ भन्छिन्, ‘कसैले खाद्यान्न र कसैले लत्ताकपडा ल्याइदिन्छन् ।’

बरबोट फाँटमा ९ र हिलेटक्सारको भिरकुनामा दुई घर गरी जिल्लामा कुल ११ घर चेपाङको बसोवास रहेको छ । आर्थिक, शैक्षिक, स्वास्थ्य र रोजगारीका दृष्टिकोणले निकै पछाडि परेका चेपाङहरूको गुजारा सामान्य ज्याला–मजदुरी, अधियाँ प्रथाको खेतीबाली, बाख्रा र कुखुराबाट चल्दै आएको ६४ वर्षे सुकमान चेपाङ बताउँछन् ।

 चेपाङ संघकी जिल्ला अध्यक्ष कल्पना चेपाङका अनुसार खान र लाउनकै लागि चेपाङ समुदायलाई ऋण गनुपर्ने बाध्यता
छ । गाउँमा कसैको राम्रो आम्दानी हुने रोजगार छैन, मेलापात र ज्याला मजदुरी गरी खान्छन् । धेरैजसो बालबालिका पढ्नमा भन्दा घरायसी कामकाज, ज्यालामा मेलापात, गाईबस्तुको गोठालो, भाइबैनीको धरालोमै भुल्ने स्थानीय गोविन्दराज पन्त बताउँछन् ।