मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ माघ २ शुक्रबार २१:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

से–फोक्सुन्डो निकुञ्जबाट वन्यजन्तुको अखेटोपहार र दुई थान भरुवा बन्दुकसहित पाँच पक्राउ

Read Time : < 1 मिनेट
२०७७ माघ २ शुक्रबार २१:४८:००

डोल्पाको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तुको अखेटोपहार र भरुवा बन्दुकसहित पाँचजना पक्राउ परेका छन् । चोरी सिकारी नियन्त्रण इकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ मा पर्ने पहाडाबाट उनीहरूलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको छ । 

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका– ११ बस्ने मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, वडा नं ७ बस्ने गोकर्ण बुढा, चन्द्र केसी र सूर्यबहादुर बुढा रहेका छन् ।

उनीहरूबाट दुई थान भरुवा बन्दुक, ५० थान गोली, दुई डिब्बा बारुद, दुईवटा सिङ, कस्तुरीको दाराजस्तै देखिने ६ वटा, बन्दुकको केपको बट्टा, संरक्षित वन्यजन्तु कस्तुरीको जस्तो देखिने दुईवटा खुट्टा, पासोमा प्रयोग गरिने चौध थान तारलगायतका सामग्री बरामद गरिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिए । पक्राउ परेका सबैलाई हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पौडेलले बताए । 

निकुञ्जले यसभन्दा अघि पनि ३६ थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल, इन्सास राइफलका गोलीहरू बरामद गरेको थियो । भौगोलक कठिनाइ, ठूलो भूगोल, न्यून जनशक्ति र अत्यधिक चिसोका बाबजुद पनि निकुञ्जले चोरी–सिकारी नियन्त्रण कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।