मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २ शुक्रबार १२:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटनबारे सुनुवाइ : संवैधानिक इजलासमा बहस जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २ शुक्रबार १२:१९:००

संसद् विघटनबारेको सुनुवाइ कसरी अघि बढाउने भन्नेबारेको बहस सुरु भएको छ । सर्वाेच्च अदालत संवैधानिक इजलासमा यसबारेमा बसह सुरु भएको हो । 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटहरूमाथिको सुनुवाइ अहिले चलिरहेको छ । 

बहसमा यस विषयलाई संवैधानिक इजलासबाट नै अघि बढाउने कि बृहत् पूर्ण इजलासमा लैजाने भन्ने विषयमा बहस जारी छ । 

सरकार पक्षले संवैधानिक इजलासबाट नै अघि बढाउने तर्क पेस गरेको छ भने रिट दायरकर्ताहरूको तर्फबाट पूर्ण इजलासमा लैजानुपर्ने पैरवी गरिरहेका छन् ।

अहिले बरिष्ठ अधिवक्ता इश्वरी भट्टराईले बहस गरिरहेका छन् । यसअघि वरिष्ठ अधिवक्ता विष्णुहरि भट्टराईले बहस गरेका थिए । 

संसद् विघटनका विरुद्ध सर्वाेच्चमा १२ वटा रिट परेका थिए । 

यि रिटहरूमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलास बनाइएको थियो ।

जसमध्ये न्यायाधीश कार्कीले आफू यस इजलासमा नबस्ने जनाएपछि न्यायाधीश सपना मल्ल प्रधानलाई समावेश गरिएको थियो ।