१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २ शुक्रबार ०९:१२:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

विश्व हिन्दी सचिवालयद्वारा साहित्यकार सिन्हा पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २ शुक्रबार ०९:१२:००

विश्वमा हिन्दीको सबैभन्दा ठूलो संस्था विश्व हिन्दी सचिवालयले नेपालस्थित हिन्दी भाषाकी साहित्यकार एवं द पब्लिक पत्रिकाका सम्पादक वीणा सिन्हालाई पुस्कारका लागि छनाेट गरेको छ ।

मोरिससमा विश्व हिन्दी दिवसको अवसरमा आयोजित अन्तर्राष्ट्रिय हिन्दी व्यंग्य प्रतियोगितामा सिन्हा प्रथम पुरस्कारबाट पुरस्कृत भएकी हुन् । 

मोरिसस विश्व हिन्दी सचिवालयले सन् २०२० मा अन्तर्राष्ट्रिय हिन्दी व्यंग्य प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितालाई ५ भौगोलिक क्षेत्रमा विभाजन गरेको थियो ।

अफ्रिका र मध्य पूर्व, अमेरिेका, एसिया र आस्ट्रेलिया (भारतका अतिरिक्त), युरोप तथा भारतका साहित्यकारहरूले प्रतियोगितामा भाग लिएका थिए । एसिया र अस्ट्रेलिया क्षेत्रबाट साहित्यकार एवं वरिष्ठ पत्रकार सिन्हा पुरस्कृत भएकी हुन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभासद् पनि हुन् । सिन्हालाई प्रथम पुरस्कार तीन सय अमेरिकी डलर राशि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।