मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २ शुक्रबार ०६:०१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जगदम्बा मोटर्सद्वारा मलेसियाली गाडी ‘प्रोटोन सागा’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २ शुक्रबार ०६:०१:००

जगदम्बा मोटर्सले मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको ‘प्रोटोन सागा’ गाडी भर्चुअल लाइभमार्फत नेपालमा सार्वजनिक गरेको छ । प्रोटोन नेपालको आधिकारिक फेसबुक, युट्युब पेज र केही ओनलाइन पोर्टल्सलगायत अन्य विभिन्न सामाजिक सञ्जालका चर्चित पेजहरूमार्फत सागाको सार्वजनिक गरिएको हो । 

कम्पनीले चारचक्के अटोमोबाइल प्रेमीमाझ एउटा नयाँ, फरक र सुविधासम्पन्न विकल्प प्रस्तुत गरेको दाबी गरेको छ । समारोहको उद्घाटन गर्दै शंकर ग्रुपका अध्यक्ष साहिल अग्रवालले टिभिएसका विभिन्न श्रेणीका दुईचक्के र तीनचक्के गाडीमार्फत नेपाली अटोमोबाइल प्रेमीको एकदमै नजिक भइसकेको जगदम्बा मोटर्सकै माध्यमबाट मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको ‘प्रोटोन सागा’ भित्र्रयाउँदै नेपाली चारचक्के अटोमोबाइल प्रेमीमाझ एक नयाँ कोसेली प्रस्तुत गर्न लागिपरेको बताए ।

नयाँ तथा लेटेस्ट मलेसियन प्रविधिमार्फत उत्पादित, सर्वोत्कृष्ट फिचर्स र मज्जाको ड्राइभिङ कम्फर्टको सुविधा भएको प्रोटोन सागाले अवश्य पनि नेपाली चारचक्के अटोमोबाइल प्रेमीको बढ्दो चाहनाको पूर्ति गर्न सफल रहनेछ भन्नेमा हामी आशावादी रहेको बैंकको भनाइ छ ।