१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २ शुक्रबार ०६:४४:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

आदिवासी जनजाति साहित्यकार महासंघको तदर्थ समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २ शुक्रबार ०६:४४:००

आदिवासी जनजाति साहित्यकार महासंघ, नेपालको तदर्थ समिति गठन भएको छ । आख्यानकार राजन मुकारुङको संयोजकत्वमा तदर्थ समिति गठन भएको हो ।

मण्डला थिएटरमा बिहीबार सम्पन्न कार्यक्रममा मुलुकको राजनीतिक परिवर्तनका आन्दोलनमा आमआदिवासी जनजाति समुदायले महत्वपूर्ण योगदान गरे पनि उनीहरूले वर्षौंदेखि उठाइरहेको पहिचानसहितको संघीयता, समावेशी सिद्धान्तका मागहरू सनुवाइ नभएकाले आदिवासी जनजाति स्रष्टाहरू एक ठाउँमा उभिनुपरेकाले समिति गठन गरिएको जनाइएको छ । 

‘आदिवासी जनजाति समुदायका भाषालाई जोडदार रूपमा लेखन गर्न तथा तिनका मौखिक साहित्यसमेतलाई लिखित गर्न, गराउन सम्बन्धित जाति, समुदायका स्रष्टालाई उत्प्रेरित गर्ने र सो कार्यमा अग्रसर हुन समिति गठन गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

साक्षीका रूपमा उपस्थित आदिवासी जनजाति महासंघका अध्यक्ष जगतराम बरामले स्रष्टाहरूको यस अभियानले आदिवासी जनजाति महासंघमा ऊर्जा प्रदान गर्ने बताए । उनले भने, ‘यस अभियानले कलममार्फत हाम्रो आन्दोलनलाई ऊर्जा प्रदान गर्नेछ । आदिवासी साहित्यको दर्शन र विचार निर्माण गर्न आवश्यक देखिएको समयमा स्रष्टाहरू एकजुट हुनु पक्कै पनि खुसीको कुरा हो ।’ 

संयोजक मुकारुङले आदिवासी समुदायमा रहेका मौखिक परम्पराका दर्शनलाई मिहिन ढंगले बुझ्न, बहस गर्न र लेख्नका लागि पनि संस्थागत भएर जानुको विकल्प नभएकाले तदर्थ समिति गठन गरिएको बताए । तदर्थ समितिमा मुकारुङको संयोजनमा कवि तथा आख्यानकार सरस्वती प्रतीक्षा, टंक सेलिङलगायत दुई दर्जन बढी आदिवासी जनजाति स्रष्टाहरू छन् । यसका साथै राज्य समिति, अन्तर्राष्ट्रिय समिति पनि गठन गरिएको छ । अब तदर्थ समितिले विधान बनाएर राष्ट्रिय सम्मेलन गरेर महाधिवेशन गर्नेछ ।