मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २७ सोमबार
  • Monday, 10 May, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १ बिहीबार १८:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सञ्चारमन्त्री गुरुङको दाबी– मुलुकलाई संकटबाट निकास दिन प्रतिनिधिसभा विघटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १ बिहीबार १८:१६:००

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई संकटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको दाबी गरेका छन् । गुरुङले ताजा जनादेश लिएर मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन प्रतिगामी नभई अग्रगामी भएको जिकिर गरे । 

‘मुलुकलाई संकटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो,’ भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन सम्माननीय प्रधानमन्त्रीज्यूले चाल्नुभएको यो कदम प्रतिगामी नभई अग्रगामी हो ।’ 

गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय सही भए–नभएको छुुट्याउने काम जनताले निर्वाचनबाटै गर्ने पनि बताए । लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंवैधानिक, प्रतिगामी हुनै नसक्ने मन्त्री गुरुङको जिकिर छ । 

उनले जनतालाई सही सूचना दिने गरी सञ्चार प्रवाह गर्न सञ्चारमाध्यमहरूलाई आग्रह पनि गरे । उनले सञ्चारमैत्री नीति निर्माणमा आफूू केन्द्रित भएको पनि बताए ।