मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २९ बुधबार १२:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना खोप निःशुल्क गर्न कांग्रेसको माग, देश विकासको १५ वर्षे खाका बनाउन कार्यदल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २९ बुधबार १२:५१:००

कांग्रेसले कोभिड– १९ को खोप यथाशीघ्र र निःशुल्क उपलब्ध गराउन माग गरेको छ । महामारी फैलिएको एक वर्ष व्यतीत हुँदा पनि सरकारले उपचार र रोकथाममा प्राथमिकता नदिएको र नागरिकको स्वास्थ्यमा खेलवाड गरेको कांग्रेसको आरोप छ । 

कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको बैठकले नागरिकको जीनवप्रति गम्भीर भई व्यवस्थापन गर्न तथा विश्व बजारमा आइपुगेको कोभिड– १९ को खोप नेपालमा यथाशक्य भित्र्याएर जनतालाई उपलब्ध गराउने प्रबन्ध मिलाउन आग्रह गरेको हो । 

कस्तो छ ‘प्रविधिमैत्री अभियान’ ?

विभागले कांग्रेसका नीति, कार्यक्रम, योजना र विचारलाई तल्लो तहसम्म पुर्‍याउन र प्रचार गर्न प्रविधिमैत्री अभियान थालेको छ । प्रवक्ता विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको विभागको बैठकले कांग्रेसमा प्रविधिमैत्री अभियान सञ्चालन गर्नेदेखि आन्तरिक सञ्चार रणनीति निर्माणसम्मका विभिन्न निर्णय गरेको छ । 

कांग्रेसले आफ्नै मोबाइल एप बनाएको छ । आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको सन्दर्भमा ‘कांग्रेस एप’समेत सार्वजनिक गर्ने निर्णय भएको विभागका सचिव दिनेश थापामगरले जानकारी दिए । एप सञ्चालनपछि कांग्रेसको नीति, विचार र सिद्धान्तलाई आमनागरिकसम्म पुर्‍याउन सहयोग पुग्ने विभागले जनाएको छ । 

यस्तै, विभागले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमविरुद्ध नेपाली कांग्रेसले देशव्यापी रूपमा सञ्चालन गरिरहेको विरोध कार्यक्रममा सहभागिता बढाउन मिडिया तथा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने निर्णय गरेको छ  । 

विभागले गएको ६ महिनादेखि सातामा चार अर्थात् मंगलबारदेखि शुक्रबारसम्म साँझ ७ः१५ बजे कांग्रेसको आधिकारिक पेजबाट नियमित ‘छहारी संवाद’ सञ्चालन गर्दै आएको छ । विभागले संवादलाई निरन्तरता दिँदै अब श्रोता क्लबसमेत गठन गर्ने निर्णय गरेको छ । 

देशका लागि १५ वर्षे परिकल्पना बनाउन कार्यदल

कांग्रेसले देशका लागि १५ वर्षसम्म के गर्ने ? भन्ने परिकल्पनाको प्रारम्भिक खाका तर्जुमा गर्न कार्यदल बनाएको छ । विभागका प्रमुख तथा प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । यस्तै, पार्टीको प्रचारप्रसारका लागि प्रविधिमैत्री अभियान सञ्चालन गर्ने र त्यसका लागि आवश्यक पर्ने विभिन्न अध्ययन–अनुसन्धान कार्यदलहरू गठन गरेको छ ।
 
विभागले कांग्रेसका कमीकमजोरी अध्ययनमा डा. सुरेश आचार्य, राजनीतिक र सामाजिक उपलब्धिमा रामचन्द्र घिमिरे, आर्थिक क्षेत्रमा डा. सञ्जय महताे, कम्युनिस्ट सरकारका भनाइ र गराइ अध्ययनमा गोपालकुमार झा, मितव्ययी निर्वाचन व्यवस्थापनमा दिनेश थापामगर, सामाजिक सञ्जाल समन्वयमा इन्जिनियर दीपेश विष्ट, महिला प्रचारमा अञ्जना अर्याल, युवा प्रचारमा विकल राई संयोजक चुनिएका छन् । 

यस्तै, सबै उपसमितिको कामकारबाहीलाई अनुगमन गर्न नीर शाहको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरिएको छ ।