१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ पौष २९ बुधबार १२:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको मूर्ख्याइँले प्रतिनिधिसभा विघटन, प्रचण्ड राजनीतिमा असफल : मोहन वैद्य 

Read Time : < 1 मिनेट
२०७७ पौष २९ बुधबार १२:५२:००

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री केपी ओलीको मूर्ख्याइँले प्रतिनिधिसभा विघटन भएको बताएका छन् । बुधबार मोरङको बेलबारीमा नयाँ पत्रिकासँग कुराकानी गर्दै किरणले प्रधानमन्त्रीको असफलता, अक्षमता तथा मूर्ख्याइँले प्रतिनिधिसभा विघटन भएको बताएका हुन् ।

उनले चुनाव भए पनि त्यसले कुनै अर्थ नराख्ने बताए । संघीय गणतन्त्रको स्थापना नभएसम्म देशमा समृृद्धि नआउने उनको तर्क थियो । उनले संघीय गणतन्त्रका लागि अब आफ्नो पार्टीले आन्दोलन सुरु गर्नेसमेत उद्घोष गरे । दुईतिहाइनजिकको सरकारले जनतालाई अँध्यारोमा धकेलेका कारण समृद्ध नेपाल बनाउन यो सरकार असफल भएको वैद्यकाे तर्क थियाे ।  

नेता वैद्यले पुष्पकमल दाहाल प्रचण्ड पनि राजनीतिमा असफल भएको आरोप लगाए । उनले १० वर्षे जनयुद्धको म्यान्डेट नयाँ जनवादी राज्य सञ्चालन भए पनि प्रचण्ड  लोेकतान्त्रिक गणतन्त्रमा लागेको उनको आरोप छ। 

प्रचण्ड क्रान्ति र संसदीय दुवै राजनीतिमा असफल भएको उनको भनाइ थियाे । १० वर्षे जनयुद्धपछिको राजनीतिक असफलताको जिम्मा प्रचण्डले लिनुपर्ने उनको तर्क थियो ।