Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २९ बुधबार ०५:५५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मेगा बैंक र नेपाल उद्यमशील महिला महासंघबीच सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २९ बुधबार ०५:५५:००

मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम–व्यवसायहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ । सम्झौतामा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार बैंकले महासंघसँग आबद्ध उद्यमी महिलालाई व्यवसाय विस्तार गर्नका लागि साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्ने जनाइएको छ । 

कार्यक्रममा बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा बैंकका सबै शाखा कार्यालयहरूमार्फत छिटो–छरितो ढंगले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको बैंकले जनाएको छ ।