मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ११ मंगलबार
  • Tuesday, 25 May, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २८ मंगलबार १४:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण मात्र नभई सामाजिक–सांस्कृतिक जगसमेत बसाए : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २८ मंगलबार १४:०३:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको याेगदान र भूमिकाको स्मरण गर्दै श्रद्धासुमन प्रकट गरेकोमा अमेरिकामा बस्ने प्रवासी नेपालीलाई धन्यवाद व्यक्त गरेका छन् ।

आज मंगलबार प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाद्वारा राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहको योगदान विषयक भर्चुअल अन्तरक्रियामा प्रमुख अतिथिको रूपमा बोल्दै अध्यक्ष थापाले दक्षिण एसिया महाद्वीपमा बेलायती साम्राज्य विस्तार अभियानलाई राेकी बाइसे–चाैबीसे राज्यलाई जाेडेर विशाल नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाहको उच्च प्रशंसा गरे ।

पृथ्वीनारायण शाहले भाैगाेलिक मात्र नभई सामाजिक–सांस्कृतिक एकीकरणकाे पनि जग हाल्ने महत्वपूर्ण काम गरेको उनको कथन थियो ।

हामी सबै नेपालीको मन–मस्तिष्कमा सधैँ जीवित रहने र प्रत्येक नेपालीले सम्मान गर्नुपर्ने साझा व्यक्तित्व पृथ्वीनारायण शाह भएको थापाको भनाइ छ।

नेपालको धार्मिक–सांस्कृतिक पहिचान संकटमा पर्दै गएकोले जाे जहाँ बसे पनि राष्ट्र निर्माणमा याेगदान गर्नुपर्ने आवश्यकतासमेत उनले औँल्याए ।

राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रले सार्वजनिक बिदा दिनुपर्ने, नाेटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नुपर्ने थापाको माग छ ।

प्रवासमा रहेर राष्ट्रनिर्माताप्रति सम्मान व्यक्त गरेकाेमा प्रत्येक प्रवासी नेपालीलाई आभार व्यक्त गर्दै थापाले आफ्नाे धर्म, संस्कृति, राष्ट्र, इतिहासप्रति गर्व गर्ने सबै प्रवासी नेपालीलाई सम्मान व्यक्त गरे ।

प्रवासी नेपाली एकता समाज अमेरिकाका अध्यक्ष राजेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि अमेरिकाका लागि नेपालका राजदुत अर्जुनकुमार कार्की, राप्रपा कार्यसम्पादन सदस्यद्वय विजय खड्का, प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्य लोक तिवारी, महावाणिज्यदूत प्रेमराजा महत, ऋषि ढकाल, ह्यारी भण्डारी, जनसम्पर्क समितिका सभापति आनन्द विष्ट, प्रवासी एकता मञ्चका टेकराज गुरुङ, प्रभु थापा, अधिवक्ता खगेन्द्र जिसी, एनआरएनए आइसिसी उपाध्यक्ष रविना थापा, म्यासाचुसेट अध्यक्ष प्रेम तामाङ, राधाकृष्ण देउजालगायतका व्यक्तिले आफ्नो धारणा राखेका थिए ।