मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २६ आइतबार १७:०३:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

चारवटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २६ आइतबार १७:०३:००

काठमाडौं महानगरको वडा नम्बर ७ ले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयलाई खेलकुदका सामग्री वितरण गरेको छ । आज वडा कार्यालयमा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई बोलाएर सामग्री प्रदान गरिएको हो । 

वडा नम्बर ७ का सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण समितिका संयोजक एवं वडा सदस्य कृष्णमणि भट्टराई र वडा सदस्य निर्मला पुडासैनीले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन् । 

खेलकुद सामग्रीमा हरेक विद्यालयलाई पाँच सेट चेस बोर्ड, पाँच सेट लुँडो, पाँच सेट स्किपिङ, दुई सेट क्यारेमबाेर्ड, तीन थान भलिबल र पाँच सेट ब्याटमिन्टन  प्रदान गरिएको थियो । 

विद्यार्थीको शारीरिक विकासका लागि विद्यालयलाई खेलकुद सामग्री प्रदान गरिएको वडा सदस्य कृष्णमणि भट्टराईको भनाइ छ । सहयोग ठूलो नभए पनि महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

विद्यालयको शैक्षिक गुणस्तरका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेकोले सहयोग गरिएको अर्का वडा सदस्य पुडासैनीले बताए । 

वडा ७ मा श्रम राष्ट्रिय माद्यमिक विद्यालय, पशुपति मित्र माद्यमिक विद्यालय, मित्र आधारभूत विद्यालय र बाल व्यवसायी केन्द्र माद्यमिक विद्यालय गरी चारवटा सामुदायिक विद्यालय छन् । यी विद्यालयमा करिब ४ हजार विद्यार्थी अध्ययन गर्छन् ।