मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ पौष २६ आइतबार १४:५१:००
Read Time : > 1 मिनेट
फिचर

कोरोना महामारीमा अमेरिकामा जागिर गुमाउनेमा महिला धेरै, डिसेम्बरमा मात्रै एक लाख ४० हजार महिलाले जागिर गुमाए 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ पौष २६ आइतबार १४:५१:००

वर्ष दिनअघि अमेरिकी महिलाले एउटा दुर्लभ उपलब्धि प्राप्त गरेका थिए । तीन महिनाको अवधिसम्म अमेरिकी पुरुषभन्दा महिला धेरै जागिरे थिए । 

अमेरिकी इतिहासमा यो दोस्रोपटक भएको थियो । यसअघि सन् २००९ र २०१० सुरुवातको छोटो अवधिका लागि अमेरिकामा पुरुषभन्दा महिलासँग बढी जागिर थियो । निश्चित रूपमा अझै पनि धेरै क्षेत्रमा लैंगिक विभेद छ । त्यसका धेरै कारण हुन सक्छन् ।

महिलाले पुरुषले भन्दा बढी ‘पार्ट टाइमर’को रूपमा काम गर्छन् । घरमा आफ्ना सन्तान वा परिवारको अरू सदस्यलाई हेर्नुपर्ने जिम्मेवारीका कारण पनि हुन सक्छन् । पूरा समय काम गर्ने महिलाले पनि अझै पनि पुरुषको भन्दा कम कमाउँछन् ।

त्यसका बाबजुद महिला जागिरमा अघि आउँदै थिए । राम्रो कमाइ गर्दै थिए । तर, कोरोना भाइरस महामारीले यो कथा फेरि छिट्टै परिवर्तन गरिदियो । पछिल्लो समय यो अवस्था साँच्चिकै निकै खराब बनेको छ ।

शुक्रबार मात्रै सार्वजनिक भएको एउटा अनुसन्धान रिपोर्टअनुसार डिसेम्बर महिनामा कम्पनीले एक लाख ४० हजार जागिर कटाएका छन् । यसबाट महिला धेरै प्रभावित बने । यो नयाँ रिपोर्टले कोरोना महामारीपछि अमेरिकी अर्थतन्त्र फेरि लयमा फर्कन अझै समय लाग्ने देखिएको छ । यही रिपोर्टले लैंगिक असमानता अझ बढ्दो अवस्थामा देखाएको छ । 

सन् २०२० मा पुरुषले भन्दा महिलाले बढी जागिर गुमाए
जागिरको दृष्टिकोणबाट अमेरिकी महिलालाई सन् २०२० निकै खराब रह्यो । उनीहरूले कोरोना भाइरस महामारी सुरु हुनुभन्दा पहिलो गत फेब्रुअरीमा रहेकोभन्दा ५४ लाख कम जागिरमा सन् २०२० को अन्त्य गरेका छन् । यो अवधिमा पुरुषहरूले भने ४४ लाख जागिर गुमाएका छन् ।

सेतो वर्णका महिलाले कम जागिर गुमाए
एउटा अर्काे अनुसन्धानले स्वरोजगारहरूबीच पनि अझ ठूलो लैंगिक असमानता देखाएका छन् । अमेरिकी महिलाका लागि यो अर्काे दुःखद सत्य हो । महिलाभित्रै पनि ठूलो विभेद देखिएको छ । अमेरिकामा श्यामश्वेत वर्ण र लाटिनास महिलाले धेरै जागिर गुमाए । त्यसको तुलनामा सेतो वर्णका महिलाले भने बढी जागिर प्राप्त गरेका छन् ।

यो अवधिमा पुरुषले पनि धेरै जागिर गुमाएका छन् । यद्यपि, समग्रमा भने जागिर गुमाउनेमा महिला अगाडि छन् । त्यसमा पनि श्यामश्वेत वर्ण र लाटिनास महिलाले धेरै जागिर गुमाएका छन् । श्यामश्वेत र लाटिना महिलाले कोरोना भाइरस महामारीले सबैभन्दा बढी आक्रमण भएको क्षेत्रमा काम गरे । उनीहरूले यस्ता ठाउँमा काम गरेका छन्, जहाँ उनीहरूलाई बिरामी हुँदासमेत तलब काटिन्छ । उनीहरूले घरबाट समेत काम गर्न सकेनन् ।