मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २६ आइतबार १३:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस, आजबाटै अधिवेशन अन्त्य हुने

Read Time : < 1 मिनेट
२०७७ पौष २६ आइतबार १३:०८:००

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।

प्रधानमन्त्रीनिवासमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।कार्यव्यवस्था समितिमा राष्ट्रिय सभा अध्यक्षले आजै राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र आउने संकेतसमेत गरेका छन् । आजैबाट अधिवेशन अन्त्य गर्ने तयारी रहेको छ ।