१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २५ शनिबार १८:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारको असंवैधानिक कदम नसच्चिए जनताको अदालतमा जान्छौँ : गुरुराज घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २५ शनिबार १८:४०:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले अदालतले सरकारको असंवैधानिक कदम नसच्याए जनताको अदालतमा जाने बताएका छन् । ‘संविधानमा प्रधानमन्त्रीले यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार छैन, यो कदम असंवैधानिक हो, अलोकतान्त्रिक र स्वेच्छाचारी हो,’ मोरङ क्षेत्र नं. ४ (क) ले गरेको विरोधसभामा नेता घिमिरेले भने । 

उनले सरकारको गलत कदमलाई सर्वोच्च अदालतले सच्याउने आशा व्यक्त गरे । ‘सरकारको कदम अदालतले सच्याउनुपर्छ, संविधानको मर्मअनुसार मौजुदा व्यवस्थालाई सम्मान गर्दै अदालतले निर्णय गर्छ भन्ने विश्वास छ, यदि अदालतले संसद् पुनर्स्थापना गरेन भने हामी जनताको अदालतमा जान पनि तयार छौँ, त्यो भनेको चुनाव हो,’ नेता घिमिरेले भने । 

उनले प्रधानमन्त्री ओलीले परिमार्जित संसदीय व्यवस्थालाई नबुझेर विधि र व्यवस्थालाई उल्लंघन गरेको बताए ।