१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस/सिन्ह्वा प्योङयाङ
२०७७ पौष २५ शनिबार १३:४१:००
Read Time : < 1 मिनेट
विश्व

उत्तर कोरियाली नेता किमद्वारा अमेरिकालाई शत्रुतापूर्ण नीतिको अन्त्य गर्न आग्रह

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा प्योङयाङ
२०७७ पौष २५ शनिबार १३:४१:००

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकालाई आफ्नो देशप्रतिको शत्रुतापूर्ण नीतिको अन्त्य गर्न आग्रह गरेका छन् । उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले शनिबार सो समाचार दिएको हो । 

उत्तर कोरियाली सत्तारुढ पार्टीको आठौँ कंग्रेस बैठकमा नेता उनले यस्तो आग्रह गरेको समाचार समितिलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले अमेरिकाले उत्तर कोरियासँगको शत्रुतापूर्ण नीतिको अन्त्य गरेपछि मात्र उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध आगामी दिनमा सहज हुने बताए ।

अमेरिकामा डोनाल्ड ट्रम्पले निर्वाचन हारेर जो बाइडेन नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन् । तर, पनि अहिलेसम्म उत्तर कोरियाली नेताले भने अमेरिकी निर्वाचन र त्यसपछिको नेतृत्वका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । 

उत्तर कोरियाली नेता किमले यही २० जनवरीमा अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन नियुक्त हुन लागेको केही दिनअघि मात्र  यस्तो प्रतिक्रिया दिएका हुन् ।  उनले दक्षिण कोरियाका बारेमा पनि यस्तै प्रतिक्रिया दिएका थिए । दक्षिण कोरियाले पनि आफ्नो देशप्रतिको विगतको जस्तो शत्रुतापूर्ण सम्बन्धको नीति नलिने हो भने सम्बन्ध तीन वर्षअघिको जस्तै हुने बताएका थिए । 

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तीन वर्षअघि उच्चस्तरीय वार्ता भएको थियो । त्यस वार्ताको समन्वय दक्षिण कोरियाले गरेको थियो ।