Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
तस्वीर : थापाकाे फेसबुकबाट
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २५ शनिबार १३:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीमाथि नै ‘कु’ गर्न खोजेपछि संसद् विघटन भएको हो : मन्त्री थापा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २५ शनिबार १३:२९:००

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले पार्टीभित्रबाट प्रधानमन्त्रीमाथि कु गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाट प्रधानमन्त्रीलाई हटाएर कु गर्न खोजिएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका हुन् । 

देशलाई कुको बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले चुनावको बाटो रोज्नु भएकाले अब चुनावको विकल्प नभएको उनले बताए । 

मन्त्री थापाले आफू मन्त्री पद पाउनकै लागि पुष्पकमल दाहाल प्रचण्डलाई धोका नदिएको समेत बताए । 

उनले प्रधानमन्त्री ओलीलाई प्रचण्डले धोका दिएको समेत बताए । उनले जुन विश्वासका साथ पार्टी एकता भएको थियो त्यस विश्वासलाई प्रचण्डले धोका दिएको बताए । 

प्रतिनिधिसभा विघटनसम्बन्धी कदम कानुनीभन्दा पनि राजनीतिक निर्णय भएको उनको भनाइ छ । 

राजनीतिक निर्णय गर्ने अधिकार लोकतन्त्रमा प्रधानमन्त्रीलाई हुने दाबीसमेत उनले गरे ।