टनकपुरबाट थप १५ मेगावाट बिजुली ल्याउन सकिने भएको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले शुक्रबार टनकपुरबाट थप बिजुली ल्याउन अनुमति दिएसँगै नेपाल विद्युत् प्राधिकरणले यस क्षेत्रबाट थप १५ मेगावाट बिजुली ल्याउन बाटो खुलेको हो ।
प्राधिकरणले हाल टनकपुरबाट ७० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । अब ८५ मेगावाट ल्याउन मिल्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले भारतबाट ६.२२ रुपैयाँ प्रतियुनिटमा बिजुली खरिद गर्ने गरेको छ ।
टनकपुरबाट आयात हुने बिजुलीलाई काठमाडौं र पूर्वतर्फ आपूर्तिको व्यवस्था मिलाउन सकिने प्राधिकरणले जनाएको छ ।