मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०९:०५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण लाग्छ दाँतमा किरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०९:०५:००

सफा दाँतले मानिसको व्यक्तित्व झल्काउँछ । सफा राख्न नसकेमा दाँत बलिया पनि हुँदैनन् । बलियो नहुँदा धेरै किसिमका समस्या देखा पर्न सक्छन् । हुन पनि आजभोलि विभिन्न कारणले बच्चादेखि वृद्धसम्म सबैको दाँत किराले खाने गरेको छ ।

- दाँत किराले खानु वा बिग्रिनुको मुख्य कारण दाँतको स्याहार नगरेर हो । दैनिक रूपमा बिहान–बेलुका दाँत सफा गर्ने गरेमा किराले खाँदैन ।
- स्वस्थ दाँत भए हामी स्वस्थ बन्छौँ । खाना खान, सुन्दर देखिन पनि दाँत आवश्यक छ । यो भएन हाम्रो शारीरिक सुन्दरता नराम्रो देखिने मात्रै होइन, दाँत किराले खाएमा खानेकुरा राम्रोसँग खान सकिँदैन र शरीर अस्वस्थ हुन्छ ।
- चकलेट, ड्राई फुड धेरै खाने बालबालिकाको पनि दाँत धेरै कमजोर हुन्छ । यस्तै, बानीले दाँतमा समस्या भएर दाँत निकाल्नुपर्ने पनि हुन सक्छ ।
- बिहान–बेलुका खाना खाएपछि अनिवार्य ब्रस गर्नुपर्छ । दाँत सफा गर्दा राम्रो पेस्टको प्रयोग गर्नुपर्छ । खानेकुरा खाँदा विशेष ध्यान दिनुपर्छ ।
- दाँत राम्रोसँग सफा नगर्दा खानेकुरा दाँतमा अड्किन्छ र दाँतमा किरा लाग्छ । दाँत सफा नहुँदा कमजोर हुने, टुक्रिने, सानै उमेरमा दाँत निस्कनेजस्ता समस्या देखा पर्न सक्छन् ।