मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ पौष २३ बिहीबार १६:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महेश बस्नेतको प्रश्न– पाँच वर्षमा हुने चुनाव साढे तीन वर्षमा गरौँ भन्दा केको रोइलो हाे ?

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ पौष २३ बिहीबार १६:५८:००

नेकपा ओली समूहका नेता महेश बस्नेतले संविधानअनुसार नै संसद् विघटन भएको बताएका छन् । नेकपा ओली समूह रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोट खलंगामा बिहीबार आयोजना गरेको खुला जनसभालाई सम्बाेधन गर्दै नेता बस्नेतले संसद् विघटन संविधानसम्मत रहेको दाबी गरे । 

‘संविधानमा भएको स्पष्ट व्यवस्थाअनुसार ताजा जनादेशका लागि संसद् विघटन भएको हो,’ उनले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन हो । त्यसैअनुसार प्रधानमन्त्रीले ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गर्नु कसरी असंवैधानिक हुन्छ ?’ 

अन्य देशहरूको समेत उदाहरण दिँदै बस्नेतले भने, ‘पाँच वर्षमा हुने निर्वाचन साढे तीन वर्षमा गरौँ भन्दा केको रोइलो हो ? विभिन्न देशमा निर्वाचन भएकै छन् त ।’ लोकतन्त्रमा ‘टिके’ प्रवृत्तिको काम नभएको भन्दै उनले नेतृत्वका लागि जनतामा जानुको विकल्प नभएको बताए ।  

उनले केपी ओलीको लोकप्रियता देखेर प्रचण्ड र माधवकुमार नेपाल डराएको आरोप लगाए । ‘केपी ओलीले जसरी राम्रो काम गर्दै जानुभएको थियो, जनताको प्रिय बनिरहनुभएको थियो, देशको स्वाभिमानका लागि अडिग हुनुभएको थियो,’ उनले भने, ‘त्यो प्रचण्ड र नेपाललाई मन परेन र चारैतिरबाट घेराबन्दीमा पारेर कामै गर्न नदिने र आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव ल्याउने जस्तो घिनलाग्दो प्रयास गर्नुभयो ।’ नेता बस्नेतले प्रचण्डलाई रुकुम आएर चुनाव लड्न सुझाबसमेत दिए ।