१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७७ पौष २३ बिहीबार १३:१८:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकी सांसदहरूद्वारा उपराष्ट्रपति माइक पेन्ससमक्ष राष्ट्रपति ट्रम्पलाई हटाउन माग

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ पौष २३ बिहीबार १३:१८:००

अमेरिकाका केही सांसदहरूले उपराष्ट्रपति माइक पेन्ससमक्ष राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ताबाट हटाउन माग गरेका छन् । अमेरिकाको क्यापिटोल हिलमा बुधबार भएको ध्वंसात्मक क्रियाकलापमा राष्ट्रपति ट्रम्पले उक्साएको आरोप लगाउँदै डेमोक्रेटका सांसदहरूले यस्तो माग गरेका हुन् । 

डेमोक्रेट सांसद डेबिड सिसिलिनले हाउस ज्युडिसियरी कमिटीलाई लेखेको पत्रमा उपराष्ट्रपति पेन्सले संविधानको धारा २५ प्रयोग गर्दै क्यापिटोल हिलमा भएको घटनापछि राष्ट्रपतिलाई हटाउन सक्ने उल्लेख छ । पत्रमा भनिएको छ, ‘जतिवेला तपाईं सिनेटको अध्यक्षता गरिरहनु भएको थियो त्यसवेला राष्ट्रपति ट्रम्पका समर्थकले युएस क्यापिटोल हिलमा सिनेटमाथि आक्रमणको कोसिस गरे । सिटेनमा अवैध घुसपैठ भयो । यो सबै निर्वाचित राष्ट्रपति जो बाइडेनलाई रोक्नका लागि भएको थियो ।’ उनले यी सबै विद्रोहीहरूलाई राष्ट्रपति ट्रम्पले उक्साएको, सार्वजनिक सम्पत्ति नोक्सान पुर्‍याएको, निर्वाचित सांसदको ज्यान जोखिममा पारेको र हाउस अफ सिनेट कब्जा गर्दै लोकतन्त्रको हत्या गर्ने कोसिस भएको आरोप लगाएका छन् ।  

डेमोक्रेट सांसदका साथै रिपब्लिकन पार्टीमा पनि ट्रम्पविरुद्ध आक्रोश बढिरहेको छ । केही रिपब्लिकन सांसदले सिनेटमाथिको आक्रमण र हिंसाको भर्त्सना गरेका छन् । साथै क्यापिटोल हिलमा भएको घटना लोकतन्त्रविरुद्ध भएको बताएका छन् । यही घटनालाई पूर्वराष्ट्रपति बाराक ओबामाले ‘लाजमर्दो’ घटना भनेका छन् ।