मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष २३ बिहीबार १०:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमपातका कारण एसइई ट्युसन पढ्ने विद्यार्थीलाई सकस

Read Time : < 1 मिनेट
२०७७ पौष २३ बिहीबार १०:२९:००

आइतबारदेखि सुरु भएको हिमपातले सदरमुकाम सिमकोटमा एसइईका ट्युसन पढने विद्यार्थीहरूलाई सकस भएको छ । 
हिमपातसँगै बढेको चिसोका कारण एसइईको ट्युसन पढ्ने  विद्यार्थीलाई  सकस बनाएको छ ।

ट्युसन पढ्न सदरमुकाम सिमकोट पुगेका कर्णाली माध्यमिक विद्यालय चौगानफयाँ कक्षा १० अध्ययनरत सुशील शाहीले अत्यधिक चिसोका कारण कक्षाकोठामा बस्न र लेख्न समस्या भएको गुनासो गरे  । 

अर्की छात्रा शारदा शाहको पनि गुनासो सुशील शाहीको जस्तै छ । उनले भनिन् ‘हिमपातका कारण चिसोले गणित, विज्ञान,अंग्रेजीलगायतका कोर्स पढाइ नसकिने चिन्ता लागेको छ ।’ 

पुस अन्तिमदेखि सुरु भएको ट्युसनका विद्यार्थीलाई चिसोले समस्या बनाएको बालमन्दिर माध्यमिक विद्यालयका विज्ञानका शिक्षक धिरज रोकायाले बताए । बालमन्दिर माध्यमिक विद्यालयमा झन्डै एक सय ५० जना विद्यार्थीहरूले ट्युसन कक्षा लिएको उनले बताए ।