१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट 
२०७५ पौष ४ बुधबार ११:१५:००
Read Time : > 1 मिनेट
प्रदेश

चार विद्यार्थी संगठनद्वारा सुदूरपश्चिम विश्वविद्यालयमा तोड्फोड र आगजनी 

Read Time : > 1 मिनेट
मोहन विष्ट 
२०७५ पौष ४ बुधबार ११:१५:००

चार विद्यार्थी संगठनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । अवैधानिक रूपबाट आफन्तलाई कर्मचारीको रुपमा राखेको भन्दै पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र अखिल क्रान्तिकारी, कांग्रेस निकट नेवि संघ र नेकपा विप्लव निकट विद्यार्थी संगठनले विश्वविद्यालयमा आगजनी गर्नुका साथै प्राध्यापक र कर्मचारीका कुर्सी जलाएका हुन् । 

गत आइतबार बैद्य निकट विद्यार्थी संगठनले विश्वविद्यालयामा तोडफोड आगजनी र प्रिन्सिपल डा. भुपेन्द्र बिष्टको कुर्सी जलाएका थिए । बुधबार पनि विद्यार्थी संगठनले विश्वविद्यालयका नासु बिनोदराज जोशीको कुर्सी जलाएका छन् ।

नेपाल विद्यार्थी संघका नेता किशोरप्रशाद जोशीले विश्वविद्यालय भित्र हुँदै आएको कर्मचारीको बेथिति विरुद्धमा कुर्सी जलाएको बताए । 

कुर्सी जलाएपछि नेवि संघका हिक्मत खडका, अनेरास्ववियुका रोहित गजुरेल, अखिल क्रान्तिकारीका गणेश मिश्र र विप्लव क्रान्तिकारीका टिकेन्द्र पाठकले सम्बोधन गर्दै अवैधानिक नियुक्ती खारेजीको गर्नु पर्ने धारण राखेका छन् । विद्यार्थी संगठन एवं नेताहरुले सुप विश्वविद्यालय सुधार नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । 

नातावाद विरुद्ध चार दिनदेखि रिलेअनसन जारी 
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय नातावाद, भ्रष्टाचार र आफन्त भर्तिकेन्द्र बनाएको भन्दै ईन्ट्रीग्रेटी फोरमले चार दिनदेखि विश्वविद्यालयको मुल गेट छेउको सरस्वती मन्दिरमा रिले अनसन थालेको छ । ईन्ट्रीग्रेटी फोरमका अध्यक्ष चन्द्रदेव बडूले विश्वविद्यालय ध्वस्त पारिएको भन्दै रिले अनसन थालिएको बताए । उनका अनुसार ‘सुप विश्वविद्यालयको शैक्षिक बेथिति विरुद्ध हाम्रो अनसन हो, आज सम्म कुनै निकायबाट हाम्रो माग सम्बोधन भएको छैन ।’

खुला प्रतिस्पर्धाका आधारमा योग्य र दक्ष शिक्षक राख्नुपर्ने माग अघि सार्दै थालिएको रिले अनसन माग पुरा नभएसम्म जारी राख्ने अध्यक्ष बडूले बताए । उनले उपकुलपति डा. भूषण श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदा समेत कुनै पनि निकायबाट माग सम्बोधन नभएको बताए । 

विद्यार्थीको आन्दोलनका कारण चार दिनदेखि सुदुरपश्चिम विश्वविद्यालयको पठन पाठन नियमित हुन सकेको छैन् । बिहानैदेखि आन्दोलन, विश्वविद्यालयमा तोडफोड, आगजनी, प्रर्दशन, भाषणबाजी विरोधका कारण नियमित पढाई नभएको विद्यार्थी बताउँछन् । 

कर्मचारी भर्ना गरेको विषयमा आफ्नो संलग्नता नभएको र जानकारी पनि नभएको नासु विनोद जोशीले बताए । ‘कर्मचारी भर्ना प्रिन्सिपल कार्यालयले गरेको हो, ‘उनले भने, ‘म शिक्षा संकायको नासु पदमा कार्यरत कर्मचारी हुँ, कर्मचारी भर्नामा मेरो के हात हुन्छ ?’ आफ्नो कार्यकक्षको कुर्सी जलाउनु व्यक्तिगत पुर्वाग्राही रिसिबीका कारणबाट हुनसक्न उनले बताए । 

तर, सुदूरपश्चिम विश्वविद्यालयले भने कुनैपनि कर्मचारी, शिक्षकलाई अवैधानिक ढङ्गबाट नियुक्ती नगरिएको जनाएको छ । ‘आन्दोलनमा उत्रेका विद्यार्थी नेताले आफ्ना मान्छे भर्ना नगरिएको झोकमा तोडफोड र आगजनी गरेका हुन्, सुप विश्वविद्यालय स्रोतले भन्यो, ‘विश्वविद्यालय सुधारका लागि भए तोडफोड र आगजनी गरिन्छ त ?’ 

सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा. भुपेन्द्र विष्टले प्रकृयागत ढङगबाट करार र दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेको बताए । उनका अनुसार चार अर्थशास्त्रका प्राध्यापक र विभिन्न विभागका २० जनालाई दैनिक ज्यालादारीअनुसार भर्ना गरिएको छ ।