मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएफपी एटलान्टा
२०७७ पौष २२ बुधबार १४:०१:००
Read Time : < 1 मिनेट
विश्व

सिनेटको दुई स्थानका लागि जोर्जियामा भएको निर्वाचनमा एक स्थानमा डेमोक्रेट उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
रासस/एएफपी एटलान्टा
२०७७ पौष २२ बुधबार १४:०१:००

अमेरिकाको जोर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमहरूका अनुसार जोर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयी भएको जनाएका छन् । 

यस स्थानमा हाल रिपब्लिकन पार्टीबाट सिनेटर केल्ली लोफलर पुनः उम्मेदवार बनेका थिए । सिबिएस, एनबिसी र सिएनएनले सिनेटर केल्ली झिनो मतान्तरले पराजित भएको जनाएका छन् । यद्यपि, केल्लीले हार स्विकारेका भने छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो पराजय निकै पीडादायी हुने अनुमान गरिएको छ । 

जोर्जियाकै अर्को स्थानका लागि भएको निर्वाचनको मतगणना जारी छ र त्यहाँ पनि रिपब्लिकन र डेमोक्रेट पार्टी दुवैका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

यदि दुवै स्थानमा डेमोक्रेट पार्टी विजयी भएमा सिनेटमा डेमोक्रेट पार्टीको बहुमत पुग्नेछ । त्यसपछि डेमोक्रेटहरूले चाहेका योजना र कार्यक्रम सहजै पारित गराउन सक्नेछन् । तर, रिपब्लिकन पार्टीले एक स्थान जिते पनि सिनेटमा रिपब्लिकनको बहुमत कायम हुनेछ । 

अमेरिकी राजनीतिक प्रणालीमा माथिल्लो सदन सिनेटलाई निकै शक्तिशाली मानिन्छ, जसले राष्ट्रपतिका हरेक कार्यमाथि कडा निगरानी राख्न सक्छ ।