मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २१ मंगलबार १५:१३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

जाडोमा यस्ता खानामा जोड दिऔँ 

Read Time : > 1 मिनेट
२०७७ पौष २१ मंगलबार १५:१३:००

जाडो मौसममा फ्लु, चिसो र अन्य संक्रमणको जोखिमबाट बच्न खानपानले महत्वपूर्ण भूमिका निभाएको हुन्छ । चिसोमा सामान्यतया शारीरिक क्रियाकलाप पनि कम हुने हँुदा स्वास्थ्य समस्याहरू निम्तिरहेका हुन्छन् । महामारीको समयमा शरीरमा प्राकृतिक प्रतिरोधी क्षमता बलियो राख्न र स्वस्थ रहनका लागि समेत दैनिक खानपानमा ध्यान दिनुपर्ने हुन्छ । 

भिटामिन सीयुक्त खाद्यपदार्थ
भिटामिन सी एन्टिअक्सिडेन्टयुक्त खाना हो, जसले शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गरिरहेको हुन्छ । जाडो मौसममा एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थहरू खानामा समावेश गर्नु निकै आवश्यक हुन्छ । यो समयमा सुन्तला, निबुवा, किबी, पालुंगोको साग आदि खाँदा स्वास्थ्य निकै राम्रो हुने चिकित्सकहरूको भनाइ छ ।

प्रोटिनको खपत बढाउने 
शरीरमा क्यालोरी खपत गर्नका लागि प्रोटिन मुख्य माध्यम हुन् । सामान्यतया चिसोका कारण दैनिक गतिविधिमा कम सक्रिय भइने हुँदा शरीरमा क्यालोरी सजिलै खपत हुँदैन । चिसोबाट बच्नका लागि अत्यधिक खानेकुरा खाइने हुँदा शरीरमा आवश्यकभन्दा बढी क्यालोरी जम्मा हुन्छ । क्यालोरी सन्तुलनमा ल्याउन प्रोटिनयुक्त खाना उत्तिकै आवश्यक हुन्छ । प्रोटिनयुक्त खाद्यपदार्थ सेवनले भोक कम लाग्छ, जसले गर्दा खाना कम खाइने हुन्छ । यही कारण शरीरमा स्वतः क्यालोरी नियन्त्रणमा आउँछ । 

तातो खानेकुराको सेवन
दैनिक प्रयोगमा ल्याइने खानाले शरीरको तापक्रममा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । जाडोमा तातो खानाको सेवनले न्यायो अनुभव गराउँछ जसले शरीरको तापक्रम घट्नबाट रोक्छ । शरीरमा ऊर्जा बढाउनसमेत तातो खानेकुुरा सेवन गर्न सकिन्छ ।

अत्यधिक खाना
चिसो छल्नका लागि काममा बढी सक्रिय नहुँदा सामान्यतया अल्छीपना निम्त्याउने गर्छ । योसँगै कमजोरीपन महसुस हुने हँुदा अत्यधिक खाना खान मन लाग्ने हुन्छ, जसले गर्दा अस्वस्थ जीवनशैली विकसित हुँदै जान्छ । आवश्यकभन्दा बढी खानाले तौल बढ्ने सम्भावना बढ्ने जोखिम पनि हुन जान्छ । 

पानी
चिसोका कारण अधिकांशले पानी एकदमै कम खाने गर्छन । जसले गर्दा छाला सुक्खा हुने, पिसाबमा समस्या आउने, मिर्गाैलामा पत्थरी हुनेजस्ता समस्या हुन्छ । शरीरमा पानीको कमीबाट हुन सक्ने जोखिमबाट बच्न दैनिक कम्तीमा ६ गिलास पानी आवश्यक हुन्छ । चिसोबाट बच्नका लागि तातोपानी विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ । 

फलफूल र तरकारी
नियमित खानामा फलफूल र तरकारी समावेश गर्नु आवश्यक हुन्छ । शरीरलाई चाहिने आवश्यक तत्व फलफूल र तरकारीबाट पूर्ति हुने भएकाले चिसो मौसममा स्वस्थ खानपान अझै बढी आवश्यक हुन्छ । अत्यधिक चिसो, मसला, प्रशोधित खाना, स्याचुरेटेड फुडको सट्टामा फलफूल र तरकारी खान आवश्यक हुन्छ । यसले प्रतिरोधी क्षमता बढाउनुको साथै क्यालोरी खपत हुने भएकाले तौल सन्तुलनमा राख्न सकिन्छ । 
–एजेन्सीको सहयोगमा