Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २१ मंगलबार १०:१७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

हेटौँडामा एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु

Read Time : < 1 मिनेट
२०७७ पौष २१ मंगलबार १०:१७:००

हेटौँडा उपमहानगरपालिकामा सोमबारदेखि एन्टिजेन विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण सुरु गरिएको छ । पिसिआर विधिबाट परीक्षणका लागि भिटिएम सकिएको र एन्टिजेन विधिलाई प्राथमिकता दिँदै आधिकारिकता पाइसकेको कारणले नयाँ प्रणालीको सुरुआत गरिएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए । एन्टिजेन विधिबाट हरेक दिन बिहान र दिउँसो परीक्षण गर्ने व्यवस्था मिलाइएको चौलागाईंले बताए । 

हालका लागि तीन हजारजनाको परीक्षण गर्न एन्टिजेनका लागि आवश्यक सामग्री उपलब्ध भएको उपमहानगरले जनाएको छ । ‘पिसिआर विधिजस्तै एन्टिजेन परीक्षणका लागि पनि नाकबाट स्वाब निकालिन्छ । स्वाबलाई बफरमा मिसाएर टेस्ट किटमा दुई थोपा राखिन्छ । बफरले भाइरसलाई सक्रिय बनाउने काम गर्छ । किटमा राखेको आधा घन्टापछि रिपोर्ट थाहा पाउन सकिन्छ,’ चौलागाईंले भने ।

स्वाब राखेको किटमा एउटा धर्को देखिए कोरोना नेगेटिभ र दुईवटा धर्को देखिए पोजिटिभ भएको मानिनेछ । टेस्ट किटमा ‘आर’ र ‘टी’ लेखिएको हुन्छ । ‘टी’ मा धर्को देखिए कोरोना पोजिटिभ भएको प्रमाणित हुन्छ भने ‘आर’मा धर्को देखिए नेगेटिभ मानिन्छ । कुनै पनि लाइनमा देखिएन भने पुनः स्वाब लिएर परीक्षण गर्नुपर्ने हुन्छ ।