Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २१ मंगलबार ०९:२५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट बाग्लुङमा थप एकको मृत्यु  

Read Time : < 1 मिनेट
२०७७ पौष २१ मंगलबार ०९:२५:००

कोरोना संक्रमणबाट बाग्लुङमा थप एकजनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका– ५ का ७१ वर्षीय पुरुषको आइतबार साँझ चितवनको भरतपुर सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।

योसँगै बाग्लुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको स्वास्थ्य कार्यालय बाग्लुङका कोभिड फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । 
  
कोरोनाको लक्षण देखिएपछि उपचारका लागि पुस १२ गते भरतपुर पुगेका उनलाई १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोनाको साथमा निमोनिया र सुगरको समेत समस्या रहेका उनको उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु भएका पुरुषको परिवारले दाहसंस्कारसमेत गरिसकेको  छ । दाहसंस्कारमा संलग्न चारजनाको ६ दिनपछि पिसिआर परीक्षण गरिनेछ । जिल्लामा हालसम्म नाै सय १३ जनामा संक्रमण भएको छ भने २१ जना आइसोलेसनमा बसेका छन् ।