१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन अर्याल
२०७५ माघ २८ सोमबार ०६:३९:००
Read Time : > 3 मिनेट
फिचर

जङ्सन टाइगर टप्स

 बेलायती राजपरिवारदेखि विश्वका चर्चित व्यक्तिहरूको गन्तव्य 

Read Time : > 3 मिनेट
नवीन अर्याल
२०७५ माघ २८ सोमबार ०६:३९:००

सन् १९८० को सुरुतिरै बेलायती राजकुमार चाल्र्स नेपाल आए । कास्कीमा ट्रेकिङ गरे । चितवनको टागर टप्स पुगेर सुस्ताए । सन् १९८६ मा बेलायतकै अर्का राजकुमार फिलिप नेपाल आउँदा नेपालका तत्कालीन राजकुमार ज्ञानेन्द्रसँग टाइगर टप्स पुगे । प्रिन्सेस एन्ने र प्रिन्स ह्यारी पनि टाइगर टप्स पुगेका छन् ।

टाइगर टप्सका संस्थापक एभी जिम एडवार्डस्

अमेरिकाको पछिल्लो निर्वाचनमा राष्ट्रपति उम्मेदवार बनेकी हिलारी क्लिन्टन पनि सन् १९८५ मा टाइगर टप्स आएकी थिइन् । भारतका पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी मात्र होइन, उनका छोरा तथा पूर्वप्रधानमन्त्री राजीव गान्धी पनि श्रीमती सोनियासहित टाइगर टप्स आएका थिए । लन टेनिसकी स्टार खेलाडी मार्टिना हिंगिज पनि आएकी थिइन् ।
चितवन राष्ट्रिय निकुञ्जमा रहेको टाइगर टप्स लज सफारी पर्यटनको विश्व प्रख्यात ब्रान्ड नै भएको छ । कुनै समय विश्वका 

‘वाइल्डलाइफ’ पारखीमाझ नेपालभन्दा ज्यादा टाइगर टप्स प्रसिद्ध थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुट्टिन्थे, टाइगर टप्सका पाहुना । चार्टर्ड विमान चढेर मेघौली विमानस्थल पुग्थे । चार्टर्ड गरिएका पिलाटस, ट्विनअटर विमानहरू मेघौली एयरपोर्टमा अवतरण गरिरहन्थे । मेघौलीबाट ल्यान्डरोभर गाडीले पाहुना बोकेर चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर टप्स लज पु¥याउ“थ्यो ।

अफ्रिकाको जंगलतिर लाखौँ डलर खर्चिने धनाढ्यहरू टाइगर टप्सका पाहुना हुन्थे । विश्वका चर्चित लेखक, चिन्तक, गायक, नायक, निर्देशकसम्म टाइगर टप्स लजको पाहुना बनिसकेका छन् । उनीहरू जंगलको शान्त वातावरणमा सुस्ताउँछन् । जंगलभित्रका पशुपक्षी तर्सिने हुनाले गीत बजाउन र नाचगान गर्न भने पाइँदैन । बाघ, गैँडा, हात्ती, चराचुरुंगी टाइगर टप्सको कम्पाउन्डभित्रै आउँदा लजको ख्याति संसारभर पुग्यो ।

मेघौलीमा हात्तीपोलो टाइगर टप्सले सुरु गरेको हो । अहिले विश्वभर हात्तीपोलो चर्चित छ । हात्तीपोलो नेपालमा जन्मिएको खेल हो । त्यो वेला चिभास, रेगलजस्ता ब्रान्डहरूले हात्तीपोलोको स्पोन्सर गर्थे ।

ब्रिटिस नागरिक एभी जिम एडवार्डस्ले सन् १९६४ मा टाइगर टप्स लज खोलेका हुन् । उनले अफ्रिकी मुलुकतिर जंगल सफारीमा निस्किने धनाढ्य पर्यटक नेपाल भिœयाए । मार्केटिङ गर्न एडवार्डस् विश्व चहारिरहन्थे । उनले बर्दिया राष्ट्रिय निकुञ्जमा पनि सन् १९८२ तिर टाइगर टप्स कर्णाली लज खोले ।

बर्दियामा टेन्टेड क्याम्प निकुञ्जभित्र थियो, लज निकुञ्ज बाहिर । त्यो समय राष्ट्रिय निकुञ्ज घोषणा भइसकेको थिएन । जंगलमा सिकार खेल्न पनि खुला थियो ।  चितवनस्थित टाइगर टप्स सुरु हुँदा चार कोठा थिए । पछि २० कोठा पुर्‍याए । पर्यटक बढ्दै गएपछि ठाउँ–ठाउँमा टेन्टेड क्याम्प खोले । एउटा क्याम्पमा १२ वटासम्म टेन्ट टाँग्न मिल्थ्यो । २४ जनाले रात बिताउन सक्थे । 

तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह (बायाँ) बेलायती राजकुमार फिलिप (दायाँ)

चितवन र बर्दिया राष्ट्रिय निकुञ्जभित्र सञ्चालित टाइगर टप्स ०५९ सालमा बन्द गराइयो । निकुञ्जबाहिर बर्दिया र नवलपरासीमा अहिले पनि टाइगर टप्स संचालनमा छ । तर, पहिलाजस्तो विशिष्ट र धनाढ्य पर्यटक नेपाल आउन छोडिसकेका छन् । नेपालको जंगल पर्यटनका पायोनियर जिम एडवार्डस्को पनि निधन भइसक्यो । छोरा क्रिस्टनले बुबाले छाडेको विरासत धानिरहेका छन् ।

क्रिस्टनका अनुसार उनका बाबुको बेलायती राजपरिवारसँग राम्रो सम्बन्ध थियो । त्यही सम्बन्धका कारण राजपरिवार टाइगर टप्स आइरहन्थ्यो । सन् १९८० मा राजकुमार चाल्र्स नेपाल आउँदा एडवार्डस्ले नै ट्रेकिङको व्यवस्थापन गरिदिएका थिए । 

अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर र लिसा सन् १९८७ मा टाइगर टप्सको पाहुना बनेका थिए । सन् १९९९ अक्टोबरमा थाई राजकुमारी पनि आएकी थिइन् । अमेरिकी कलाकार एवं लेखक क्यारी फिसर (१९८५), अमेरिकी डिप्लोम्याट हेनेरी किसिंगर (१९८५), अमेरिकी फिल्म कलाकार कु स्ट्रक (१९९१), अमेरिकी कलाकार रोबर्ट रेडफोर्ड पनि टाइगर टप्सको पाहुना बनेका थिए ।

मार्टिना हिङ्गिज

संगीतकार, गायक तथा गीतकार रिंगो स्टार १९८५ मा नेपाल आएका थिए । उनले मेघौलीमा टाइगर टप्सले आयोजना गर्ने अन्तर्राष्ट्रिय हात्तीपोलोसमेत खेलेका थिए । अमेरिकी अभिनेत्री स्टेफन पावरले पनि सन् १९८८ मा आयोजित हात्तीपोलो खेलेकी थिइन् ।

मेघौलीमा हात्तीपोलो टाइगर टप्सले सुरु गरेको हो । अहिले विश्वभर हात्तीपोलो चर्चित छ । हात्तीपोलो नेपालमा जन्मिएको खेल हो । त्यो वेला चिभास, रेगलजस्ता ब्रान्डहरूले हात्तीपोलोको स्पोन्सर गर्थे ।

बलिउड नायिका पामेला र निक ह्विलरले टाइगर टप्समा नेपाली परम्पराअनुसार बिहे नै गरेका थिए । विवाहको चाँजोपाँजो लजमालिक जिम एडवार्डस्ले नै मिलाइदिएका थिए । उनीहरू दुलाहा–दुलहीको पहिरनमा सजिएर हात्ती सफारीमा निस्किएका थिए । 

बलिउड नायिका पामेला र निक ह्विलरले टाइगर टप्समा नेपाली परम्पराअनुसार बिहे नै गरेका थिए । विवाहको चाँजोपाँजो लजमालिक जिम एडवार्डस्ले नै मिलाइदिएका थिए । उनीहरू दुलाहा–दुलहीको पहिरनमा सजिएर हात्ती सफारीमा निस्किएका थिए । 

लन टेनिसकी स्टार मार्टिना हिंगिस १९९८ फेब्रुअरीमा टाइगर टप्सको पाहुना बनेकी थिइन् । पहिलो सगरमाथा आरोही एडमन्ड हिलारी सन् १९८७ मा टाइगर टप्स आएका थिए । 
नेपाली राजपरिवार, राणापरिवार, जर्नेल, कर्नेललगायत सम्भ्रान्त परिवारको अखडा नै टाइगर टप्स थियो । वीरेन्द्र–ऐश्वर्या, ज्ञानेन्द्र–कोमल शाह अक्सर टाइगर टप्स गइरहन्थे । युवराज दीपेन्द्र पनि टाइगर टप्स जान मन पराउँथे । 

हिलारी क्लिन्टन (बीचमा)

सन् १९७०, ८० र ९० को दशकमा टाइगर टप्समा अमेरिकी र ब्रिटिस पर्यटकको भिडभाड हुन्थ्यो । नेपालको जंगल पर्यटन विश्वभर चम्किएको थियो । अफ्रिका जाने पर्यटक यता आउँथे । यतिसम्म कि टाइगर टप्सको लोकप्रियता बढ्दै गएपछि तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले जिम एडवार्डस्लाई भारतमा पनि सफारी रिसोर्ट चलाउन निम्ता दिएकी थिइन् ।

पामेला र निक ह्विलर

गान्धीकै आग्रहमा उनले सन् १९८० को दशकमा भारतको लद्दाक, कास्मिरलगायत ४–५ वटा निकुञ्जमा टाइगर टप्स ब्रान्डमै सफारी रिसोर्ट खोले । भारतको बिजनेस भाइ जोन एडवार्डले हेर्थे । पछि भारतमा पनि निकुञ्जभित्र रिसोर्ट चलाउन दिइएन । जोन रिसोर्ट बन्द गरेर नेपाल फर्किए ।

भारतमा ब्रिटिस साम्राज्य रहिरहँदा पनि बेलायती नागरिक सिकार खेल्न नेपाल आउने गरेको गायक एवं ट्राभलर योगेश्वर अमात्य बताउँछन् । उनी पनि कुनै समय सिकार खेल्न तराईका जंगल चहार्थे । नेपालको हावापानी र आतिथ्य सत्कारकै कारण विश्वका जंगल पारखीहरू भारतभन्दा नेपालतिर बढी आकर्षित भएको हुन सक्ने उनको अनुमान छ ।

अफ्रिकाले महँगो मूल्यमा बिक्री गर्ने प्याकेज नेपालले आधा मूल्यमा बिक्री गरेर सफारी पारखी आकर्षित गरेको थियो । टाइगर टप्सको प्रतिस्पर्धा यहाँका लोकल व्यवसायीसँग थिएन । प्रतिस्पर्धा अफ्रिकन सफारी रिसोर्टसँग हुन्थ्यो ।

बेलायती राजकुमार चार्ल्स