१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ पौष २० सोमबार १३:४६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हुम्लामा हिमपात : कतै मस्ती, कतै सास्ती [फोटोफिचर] 

Read Time : < 1 मिनेट
२०७७ पौष २० सोमबार १३:४६:००

पश्चिमी वायुको प्रभावले हुम्लालगायत कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरूमा हिमपात सुरु भएको छ । 

हिमपात भएसँगै उत्तरी नाम्खा गाउँपालिका– ६ लिमी जाने न्यालुलेक र वडा नम्बर–५ हिल्सा नाका जाने बाटाे नारालेक हिमपातले बन्द भएको छ । 

उत्तरी क्षेत्र लिमीमा तिल, जाङ, हल्जी गाउँ जाने न्यालुलेक पनि बन्द भएको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिकाको लिमी तिल, जाङ, हल्जी, चाला, मुचु, याङगार, यारी केर्मीलगायतका ठाउँमा चिसोले जनजीवन कष्टकर हुन थालेको छ । हिमपातले चिसो बढेपछि सदरमुकाम सिमकोटमा आगो तापेर बस्नेको संख्या बढेको छ । पशुचौपायालाई घाँस र पानी खुवाउन समस्या देखिएको छ ।

हिमपातले उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल (बिओपी) लाई खानेपानी समस्या भएको छ । 

चिसोले खानेपानीको पाइपमा पानी जमेपछि नदीको पानी खान बाध्य भएको सीमा सुरक्षा हिल्सामा खटिएका सशस्त्र प्रहरीका इन्चार्ज सुरज केसीले जानकारी दिए । २२ जना सशस्त्र प्रहरी र १२ स्थानीयवासी गरी ३४ जना हिल्सामा रहेको केसीले बताए । 

एकातिर हिमपातले चिसो बढेको छ । बाक्लो हिमपातका कारण हुम्लास्थित सिमकोट विमानस्थलबाट तारा एयरका दुई विमान उड्न सकेका छैनन् । 

अर्कातर्फ किसानहरू जेठाली राम्रो हुने भन्दै खुसी भएका छन् भने युवायुवती, बालबालिका   बिहानदेखि हिउँमा चिफ्लेटी खेल्दै रमाएका छन् ।