मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २० सोमबार ०८:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लोमसद्वारा पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सामग्री प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २० सोमबार ०८:०५:००

लोमस फर्मास्युटिकल्स प्रालिले पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । उद्योगको ह्यान्ड एक्स स्यानिटाइजर विभागका निर्देशक प्रणवजंग पाण्डेले कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई उक्त सामग्री प्रदान गरेका हुन् ।

कोभिड–१९ को जोखिम कायमै रहेकाले र पाशुपत क्षेत्रमा भिडभाड हुने भएकाले आफूहरूले स्यानिटाइजर प्रदान गरेको पाण्डेले जानकारी दिए ।

यसअघि पनि आफूहरूले विभिन्न संघ–संस्थाहरूलाई सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिसकेको पाण्डेले बताए ।

उनले आगामी दिनमा आफूहरूले कोषसँग सहकार्य गर्दै आवश्यकताअनुसार सामग्रीहरू उपलब्ध गराउने विश्वास दिलाए । कोषका सदस्यसचिव ढकाल र कार्यकारी निर्देशक खतिवडाले आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकोमा लोमस फर्मास्युटिकल्स प्रालिलाई धन्यवाद दिएका थिए ।