मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएफपी क्राइस्टचर्च
२०७७ पौष १९ आइतबार १४:१७:००
Read Time : < 1 मिनेट
खेलकुद

टेस्ट क्रिकेट : जेमिसनले लिए पाँच विकेट, पाकिस्तान सस्तोमै समेटियो

Read Time : < 1 मिनेट
रासस/एएफपी क्राइस्टचर्च
२०७७ पौष १९ आइतबार १४:१७:००

पाकिस्तान र न्युजिल्यान्डबीच न्युजिल्यान्डको क्राइस्टचर्चमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर दुई सय ९७ रन बनाएको छ । टस जितेर पहिले क्षेत्र रक्षण रोजेको न्युजिल्यान्डका लागि तीव्र गतिका बलर कायले जेमिसनले पाँच विकेट लिएपछि पाकिस्तानी टोली सस्तोमै समेटिएको हो । तर, पाकिस्तानका लागि अजहर अलीले धैर्यपूर्वक ब्याटिङ गर्दै ९३ रन बनाएका थिए । 

पाकिस्तानका अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन् । पाकिस्तानका लागि अबिद अलीले २५, मोहम्मद रिजवानले ६१, फाहिम अस्राफले ३४ रन बनाएका थिए ।  न्युजिल्यान्डका लागि टिम साउदीले दुई, ट्रेन्ट बाउल्टले दुई तथा म्याट हेनरीले एक विकेट लिएका थिए । 

अब दोस्रो दिन सोमबार न्युजिल्यान्डले ब्याटिङ सुरु गर्नेछ ।