१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०६:२९:००
Read Time : > 1 मिनेट
सप्तरंग

काजोललाई मन पराउँदैनथे अजय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०६:२९:००

अहिले भ्यालेन्टाइन सप्ताह चलिरहेको छ । बलिउडमा यस्ता प्रेमसम्बन्ध पनि छन्, जो अझै बाहिर आइसकेका छैनन् । अभिनेता अजय देवगण र काजोलको प्रेमसम्बन्ध अचम्मलाग्दो छ । उनीहरूको सम्बन्धका भित्री कुरा अहिले बाहिर आउँदै छन् । 

अजय र काजोलको जोडी बलिउडको सबैभन्दा विशेष जोडीका रूपमा लिइन्छ । भर्खरै भारतीय मिडियामा सार्वजनिक समाचारअनुसार अजय देवगण काजोललाई मन पराउँदैनथे । तर, एक घटनापछि यिनीहरू यसरी नजिक भए कि उनीहरूले प्रेमविवाह गरे । सो सम्बन्ध एकदम बलियो छ । काजोल हरेक पल श्रीमान्का लागि बाँच्छिन् भने अजय पनि आफ्नी श्रमितीका लागि कुनै मौका छाड्दैनन् । 

एक समय काजोल आफ्नो फिल्मी करिअरको उचाइमा थिइन् । अचानक अजयसँग प्रेम भयो र विवाह पनि गरिहाले । काजोलको प्रेमकहानी कुनै फिल्मको कहानीभन्दा कम छैन । काजोलभन्दा पहिले अजय देवगण करिश्मा कपुरसँग प्रेमसम्बन्धमा थिए । करिश्मा त्यो समयमा स्टार हिरोइन थिइन् । करिश्मा र अजय पहिलोपटक फिल्म ‘जिगर’मा सँगै देखिएका थिए । 

कामका क्रममा नै दुईको प्रेम भएको थियो । अजयले करिश्माका लागि भनेर प्रेमिका रविना टण्डनलाई ब्रेकअप दिएका थिए । करिश्मा र अजय प्रेमिल समय बिताइरहेका थिए । हलहरूमा पनि यो जोडीका फिल्म ‘जिगर, ‘भनवान’, ‘सरगम’, ‘सुहाग’ रिलिज भइरहेका थिए । त्यही समयमा अजय देवगणले काजोलसँग ‘हलचल’ फिल्मको सुटिङ सुरु गरे । 

उनीहरूको प्रेम पहिलो देखादेखमै भने भएको थिएन । काजोल पहिलोपटक जब अजयसँग मिलेकी थिइन्, त्यतिवेला अजय सुटिङको सेटमा एक्लै बसिरहेका थिए । अजय प्रायः एक्लै बस्न रुचाउँथे । ज्यादा कुरा पनि गर्दैनथे ।

अजयले सुरुवातमा काजोललाई मन पनि पराउँदैनथे । पायनियरलाई दिएको अन्तर्वार्तामा अजयले भनेका छन्, ‘हलचलको सुटिङको समयमा काजोलसँग कुराकानी भयो र इमानदार भएर भन्नुपर्दा त्यो समय काजोल घमण्डी थिइन् । हाम्रो स्वभाव एकदम अलग थियो । सायद हामीलाई यही फरकपनले एक–अर्काको नजिक गरायो ।’ 

फिल्मको सुटिङका समयमा अजय देवगण र काजोलबीच मित्रता बढ्यो । त्यतिवेला अजय करिश्मा कपुरसँग प्रेममा थिए भने काजोल कार्तिक मेहतासँग प्रेममा थिइन् । भनिन्छ, काजोल र कार्तिकको सम्बन्ध ठीक तरिकाले चलिरहेको थिएन । जसका कारण उनी अजयको नजिक आइन् । काजोलको प्रवेशपछि अजय र करिश्माको प्रेमसम्बन्ध समाप्त भयो ।

सन् १९९९ मा यी दुईले विवाह गरे । अहिले काजोल र अजयको जोडी बलिउडमा आदर्श जोडीका रूपमा चिनिन्छ । उनीहरूका एक छोरी न्यासा र छोरो युग पनि छन् ।