मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १९ आइतबार १२:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १९ आइतबार १२:०१:००

अखिल नेपाल महिला संघ (अनेमसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ । 

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले आइतबार गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली–गलौज गर्नेहरूविरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो । 

लोकतन्त्रमा असन्तुष्ट पक्षहरूले सभा–जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भए पनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानवीय, अर्मयादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ । 

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिमाथि अशोभनीय र अर्मयादित विषय उठाइएकोप्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन् । उनले सम्बन्धित निकायलाई छानबिन गरी कारबाही गर्ने निर्देशन दिएको पनि बताए । 

नाराबाजी गर्नेविरुद्ध कानुनी कारबाही गरिनुपर्ने अन्यथा आफूहरू नै कानुनी प्रक्रियामा जाने अनेमसंघकी नेतृ शर्मिला कार्कीले बताइन् । 

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेसँगै विभिन्न राजनीतिक दलहरू सरकारको असंवैधानिक कदम भन्दै आन्दोलित भएका छन् । आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी हुने गरेको छ ।