१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १८ शनिबार २०:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरी जवानको लिखित परीक्षामा  १० जना नक्कली परीक्षार्थी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १८ शनिबार २०:४९:००

सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी जवान पदको खुला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परीक्षार्थी  पक्राउ परेका छन् । शनिबारको परीक्षामा विभिन्न जिल्लामा नक्कली परीक्षार्थी पक्राउ परेका  हुन् ।  

साधारण समूहको उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेट्रिक डिभाइस’ प्रयोग गरी परीक्षार्थीहरूको यकिन गर्ने क्रममा नेपालभरका विभिन्न परीक्षा केन्द्रहरूबाट १० जना नक्कली परीक्षार्थी फेला पारेका हुन् । 

भर्ना प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने सशस्त्र प्रहरी बलले जनाएको छ ।