१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस/सिन्ह्वा
२०७७ पौष १८ शनिबार १४:११:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

आफैँले बनाएकाे काेभिडविरुद्धकाे खोपलाई चीनले दियो अनुमति

Read Time : > 1 मिनेट
रासस/सिन्ह्वा
२०७७ पौष १८ शनिबार १४:११:००

चीनले आफ्नो देशमा निर्माण भएको कोरोनाविरुद्धको खोपलाई  प्रयोग गर्ने अनुमति दिएको छ ।

चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायाेलोजिकल प्रोडक्ट इन्स्टिच्युट प्रोडक्टस् लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाविरुद्धको सो खोपको चीनमा प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो।

बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि ससर्त स्वीकृति दिएको यहाँका सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । सो खोप अब चिनियाँहरूले आफ्नो देशमा प्रयोग गर्न पाउने भएका छन् । 

त्यस्तै, सरकारीमातहतमा रहेको उक्त औषधि कम्पनीले उत्पादन गरेको उक्त खोप चीनमा प्रयोग र त्यसको सार्वजनिक रूपमा ओसारपसार गर्ने तथा बिक्री–वितरण पनि गर्न पाइने भएको पनि सो समाचारमा जनाइएको छ ।

चाइना नेसनल बायोटेक ग्रुपले सो खोपको निर्माण निकै पहिलादेखि गरेको भनी चीनमा प्रचार गरिएको थियो । उक्त कम्पनीद्वारा उत्पादित सो खोपको तीन चरणसम्म परीक्षण गरिएको थियो । सो परीक्षणपछि पछिल्लोपटक आएको यसको प्रभावकारिताको परिणाममा यस खोपको ७९.३४ प्रतिशत सम्म प्रभावकारी देखिएपछि प्रयोग गर्न अनुमति दिइएको हो । 

त्यसपछि यो खोपको प्रयोगका लागि अनुमति दिइएको हो । बिहीबारबाट सो खोप चीनमा सार्वजनिक रूपमा प्रयोगमा ल्याइने बताइएको छ ।

उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप प्रभाकारी देखिएको जनाएपछि त्यसको भोलिपल्ट नै अर्थात् बिहीबार मात्र चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन् ।

चीनमा अरू पनि केही खोप परीक्षणमा रहेका बताइएको छ । अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोगमा ल्याउने भन्दै यसको तयारी गरिराखिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारहिरुले बताएका छन् ।

सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोना भाइरसको महामारी सुरु भएको थियो । क्रमिक रूपमा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न कुनै औषधि र खोप पनि बनेका थिएनन् । 

जसका कारण विश्वका कैयौँ देशले पनि कडा खालका प्रतिबन्ध लागू गर्दै संक्रमणको दर घटाउने प्रयास मात्र गरेका    थिए । सोही माध्यमबाट संक्रमणको दरलाई निकै कम राख्न चीन भने सफल भएको छ ।

बिहीबार चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृति हो । चीनले गत जुलाईमा आपत्कालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो । 

यी सार्वजनिक रूपका वितरणसमेत गरेर चीनले फेब्रुअरी महिनामा पर्ने चिनियाँ नयाँ वर्षकोे मध्यसम्ममा यहाँका करोडौँ सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउने अपेक्षा गरिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका   छन् ।