१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १७ शुक्रबार १९:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामदेव गौतमको दाबी– नेकपा एकता जोगाउने सम्भावना अझै जीवित छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १७ शुक्रबार १९:४३:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताउँदै  अझै पनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका छन् । राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको बताएका हुन् । 

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसलाअघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनको भनाइ छ । गौतमले संगठित रूपमै एकता अभियान अगाडि बढाउने पनि बताए । 

गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता–कार्यकर्ता आफूसँग रहेको दाबी पनि गरे ।