१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ पौष १७ शुक्रबार ०९:३५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लुम्बिनी प्रदेश कमिटीद्वारा संघर्ष समिति गठन

Read Time : < 1 मिनेट
२०७७ पौष १७ शुक्रबार ०९:३५:००

नेकपाको प्रचण्ड–नेपाल समूहको लुम्बिनी प्रदेश कमिटीले संघर्षका कार्यक्रम तय गर्न संघर्ष समिति गठन गरेको छ । बिहीबार बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य ठाकुर गैरेको संयोजकत्वमा पाँच सय एक सदस्यीय संघर्ष समिति गठन गरेको पार्टी प्रदेश कमिटीका सचिव जगप्रसाद शर्माले जानकारी दिए । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदेशभरि संघर्ष गर्र्नेे निर्णय गर्दै समिति गठन गरेको हो । 

प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा सम्पन्न बैठकमा स्थायी समिति सदस्य युवराज ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुनलगायत उपस्थित थिए । प्रदेश कमिटी सचिव शर्माका अनुसार बैठकमा पार्टीका नेताहरू ज्ञवाली, पुन, भुसाल तथा प्रदेश कमिटीका सहइन्चार्ज कुलप्रसाद केसीले सम्बोधन गरेका थिए ।

उनीहरूले पार्टीको कार्यक्रम जनतामाझ पुर्‍याउनुपर्नेमा जोड दिएका थिए । संघर्ष समितिका संयोजक गैरेका अनुसार संघर्षको कार्यक्रम जिल्लाका तल्लो तहसम्म पुर्‍याउन तल्लो तहमा पनि संघर्ष समिति गठन गरिनेछ ।