मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष १७ शुक्रबार ०८:४६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चीनमा निर्मित सिनोफार्म भ्याक्सिनले शरीरमा कसरी काम गर्छ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष १७ शुक्रबार ०८:४६:००

चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई ‘ससर्त’ अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार खोपको प्रभावकारिता ७९ प्रतिशत छ । सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोना भाइरसको प्रभाव घटाउन महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरूले बताएका छन् ।

यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिडविरुद्धको खोप आपत्कालीन प्रयोगअन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । विशेष गरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिकलाई खोप दिइएको थियो ।

सन् २०२० को सुरुवातमा बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले ‘बिबिआइबिपी कोर भी’ नामक कोभिडविरुद्धको भ्याक्सिन निर्माण गरेको थियो । पछि सिनोफार्म नामक चाइनिज कम्पनीले भ्याक्सिनमा क्लिनिकल ट्रायल सम्पन्न गर्‍यो । गत हप्ता चीनले भ्याक्सिन प्रयोगमा ल्याउन स्वीकृति दिएको छ ।

योसँगै सिनोफार्म भ्याक्सिन बहराइन र साउदी अरबमा प्रयोगमा आइसकेको छ । ‘बिबिआइबिपी कोर भी’ले शरीरमा कोभिड भाइरसविरुद्ध एन्टिबडी निर्माण गर्नेछ । एन्टिबडीले भाइरल प्रोटिन अर्थात् कोषको सतहमा रहने स्पाइक प्रोटिनविरुद्ध काम गर्छ । सिनोफार्म भ्याक्सिन चीनमा देखिएका तीनवटा भाइरसको प्रकृतिविरुद्ध प्रभावकारी हुने बताइएको छ । भाइरसका स्वरूप अनुसन्धानकर्ताहरूले बाँदरमा परीक्षणको समयमा पत्ता लगाएका थिए । 

अन्वेषकहरूले कोरोना भाइरसको ठूलो स्टक उत्पादन गरेर बिटाप्रोपीओक्टनद नामक रसायनसँग मिसाएर प्रतिक्रिया रिपोर्ट गरेका थिए । तिनीहरूले भाइरसको जीनसँग सम्बन्ध राखेर भाइरसलाई निष्क्रिय गर्न मद्दत गर्छन् । सुरुवातमा कोरोना भाइरस फैलिनबाट सक्षम नभए पनि तिनीहरूको स्पाइक प्रोटिन कोषको सतहमा रहिरहन्छन् ।

अनुसन्धानकर्ताहरूले त्यसपछि निष्क्रिय भाइरस आल्मुनियम कम्पाउन्डमा मिसाएर राखिएको थियो । जसले शरीरमा रहेको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउने भएकाले शरीरमा भाइरस प्रवेश गर्नबाट रोक्न सकिने बताइन्छ । सामान्यतः भाइरसविरुद्धका खोप निर्माण गर्दा सोही निष्क्रिय भाइरस प्रयोगमा ल्याइन्छ । 

सिनोफार्ममा निष्क्रिय भाइरसहरू प्रयोग गरिएकाले जुनसुकै व्यक्तिमा पनि प्रयोग गर्दा खोपको साइडइफेक्ट न्यून हुने सम्भावना रहेको बताइन्छ । खोपको माध्यमबाट शरीरमा निष्क्रिय भाइरस प्रवेश गरिसकेपछि प्रतिरोधी क्षमता उत्तेजित हुन्छन्, जसले गर्दा एन्टिबडी निर्माण भई भाइरसले सजिलै कोषमा प्रवेश गर्न पाउँदैन ।

बिस्तारै शरीरमा मेमोरी बी र मेमोरी टी सेलहरूको वृद्धि हुँदै जान्छ, जसले लामो समयसम्म एन्टिबडीको कार्यक्षमतामा सहयोग गरिरहेका हुन्छन् । क्लिनिकल परीक्षणको क्रममा भाइरसविरुद्ध प्रभावकारी देखिएको छ ।

तर, भ्याक्सिन कति समयसम्मका लागि प्रभावकारी हुने भन्ने यकिन भने छैन । तर, खोपका कारण शरीरमा उत्पादन भएको एन्टिबडीले महिनौँसम्म काम गर्न सक्ने अनुमान गरिन्छ । ३० डिसेम्बरमा उत्पादन कम्पनीले सिनोफार्म खोप ७९.३४ प्रतिशत प्रभावकारी देखिएको बताएपछि चीन सरकारले प्रयोगका लागि स्वीकृति दिएको हो । खोपबारे थप अनुसन्धान भइरहेका छन् ।
 एजेन्सीको सहयोगमा